बुटवल । नेपाल विद्युत प्राधिकरणले शुक्रबार साँझदेखि बुटवल-भैरहवा औद्योगिक करिडोरका दश उद्योगको लाइन काटेको छ ।
केही वर्षदेखि ट्रंकलाइन महसुल विवादमा रहेका पञ्चकन्या स्टिल, पञ्चकन्या प्लास्टिक, एभरेष्ट रोलिङ, एसआर स्टिल, एसआर फुड, भलबारी स्वचालित चामल कारखाना, घराना फुड्स्, गोयनका फुड्स, सिद्धार्थ पेट प्लास्ट,र श्याम प्लास्टिक उद्योगको प्राधिकरणले लाइन काटेको पञ्चकन्या समूहका महाप्रबन्धक देवेन्द्र साहूले जानकारी दिए ।
यहाँका उद्योगीहरुले पूर्वका उद्योगहरुका समस्यासँग एकै ठाउँ राखेर हेर्दा आफूहरु अन्यायमा परेको दाबी गर्दै आएका छन् ।
प्राधिकरणलाई पैसा चाहिएको भए आफूहरु दान दिन तयार रहेको तर माग र प्रयोग नै नगरेको विद्युतको वक्यौता तिरेर निर्दोष हुँदाहुँदै अनाहकमा दोषी प्रमाणित हुन तयार नभएको उद्योगीहरुको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस