२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

मन्त्री घिसिङले गरे सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद भवनको निरीक्षण (तस्बिरहरु)

शनिवार , कार्तिक ८, २०८२

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद भवनको स्थलगत निरीक्षण गरेका छन् ।

मन्त्री घिसिङ शनिबार अपरान्ह ४ बजे सिंहदरबारभित्र निर्माणाधीन संसद् भवनको अवलोकनमा पुगेका हुन् ।

हाल संघीय संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभा, संसदीय समितिहरू, संसदीय दलका कार्यालयसमेत रहने भव्य संरचना निर्माण गर्ने क्रम जारी छ ।

संसद् भवन नहुँदा २०६४ पछि सरकारले नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामा लिएर संसद् भवनको रूपमा प्रयोग गर्दै आएको थियो ।

तर हालै भएको भएको जेनजी आन्दोलनको क्रममा प्रदर्शनकारीले त्यो भवनमा पनि आगजनी र तोडफोड गरी पूर्णरुपमा क्षेति पुर्याएपछि अहिले प्रयोग गर्न नमिल्ने अवस्था छ ।

तस्बिरहरु हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ