२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

चितवनमा दुई बस र ट्रक ठोक्किँदा ३३ जना घाइते, ८ जनाको अवस्था मध्यम (फोटोफिचर)

शुक्रवार , कार्तिक १४, २०८२

चितवन । चितवनको भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा गएराति दुई यात्रुबाहक बस र एउटा ट्रक एकआपसमा ठोक्किँदा ३३ जना घाइते भएका छन्। घाइतेमध्ये ८ जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गएराति करिब पौने २ बजे गौरबाट काठमाडौँतर्फ जाँदै गरेको बा।प्र।०३०० ख ०१२३ नम्बरको डल्फिन यात्रुबाहक बस पार्किङमा राखिएको ना.६ ख ८१३ नम्बरको इँटा लोड ट्रकमा ठोक्किएको थियो। त्यसपछि जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको अर्को बा.प्र.०३०० ख ३९०२ नम्बरको रुद्राक्ष यात्रुबाहक बस पनि सोही बसमा ठोक्किँदा ठूलो दुर्घटना भएको हो।

दुर्घटनापछि बस सडकमा पल्टिएको थियो। तत्काल सशस्त्र प्रहरी बल नेपाल नं.१७ गण आँपटारीबाट खटिएको टोलीले घाइतेहरूलाई उद्धार गरी अस्पताल पठाएको प्रहरीले जनाएको छ।

घाइतेमध्ये १५ जनाको चितवन मेडिकल कलेजमा, १३ जनाको नेशनल सिटी अस्पतालमा र ५ जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ। घाइतेहरू धनुषा, रौतहट, महोत्तरी, उदयपुर र भारत मोतिहारीका बसोबास भएका रहेका छन्।

घाइतेहरुको विवरण

१. उदयपुरको त्रियुगा नगरपालिका– १० बस्ने २० वर्षीय सार्थक बाबु श्रेष्ठ

२. धनुषाको जनकपुर उपमहानगरपालिका– १७ बस्ने ३९ वर्षीय सदाकत मिया

३. सोही ठाउँ बस्ने ५२ वर्षीय नरेन्द्र शाह ।

४. धनुषाको जनकपुर उपमहानगरपालिका– ७ बस्ने १७ वर्षीय समिर अन्सारी

५. धनुषाको जनकपुर उपमहानगरपालिका– १ बस्ने ४६ वर्षीय बसन्त झा

६. धनुषाको जनकपर उपमहानगरपालिका– ४ वस्ने ४९ वर्षीय मुकेशलाल कर्ण

७. सोही ठाउँ बस्ने ३४ वर्षीया अन्जु कर्ण

८. सोही ठाउँ बस्ने आरुष कर्ण

९. धनुषाको लक्ष्मीनिया गाउँपालिका– ४ बस्ने १९ वर्षीया विद्या चौधरी

१०. रौतहटको राजदेवी नगरपालिका– १ बस्ने २० वर्षीय अनिकेत कुमार साह

११. रौतहटको बृन्दावन नगरपालिका– ३ बस्ने ११ वर्षीय आरभ मिश्र

१२. रौतहटको राजदेवी नगरपालिका– १ बस्ने कुष्ण कमार साह

१३. रौतहटको गौर नगरपालिका–५ बस्ने ४१ वर्षीय मुकेश कुमार केसरी

१४. महोत्तरीको पिपरा गाउँपालिका– १ बस्ने गितादेवी यादव

१५. महोत्तरीको पिपरा गाउँपालिका–१ बस्ने ३७ वर्षीय राम श्रेष्ठ

१६. धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ बस्ने २८ वर्षीय आलोक कुमार राउत

१७. धनुषाको जलेश्वर नगरपालिका–५ बस्ने २० वर्षीय आदित्य कुमार सिंह

१८. सोही ठाउँ बस्ने ४३ वर्षीया रेखा सिंह

१९. सोही ठाउँ बस्ने २१ वर्षीया अञ्जली सिंह

२०. रौतहटको राजदेवी नगरपालिका–२ बस्ने २१ वर्षीय मोनु कुमार महतो

२१. रौतहटको गौर नगरपालिका–९ बस्ने ६६ वर्षीया गम्भिरादेवी ठाकुर

२२. रौतहटको गरुडा नगरपालिका–७ बस्ने ५० वर्षीय विजय साह

२३. सोही ठाउँ बस्ने ४० वर्षीय उर्मिला कुमारी साह

२४. रौतहटको बृन्दावन नगरपालिका–३ बस्ने ६२ वर्षीया सुनितादेवी मिश्रा

२५. भारत मोतिहारी बस्ने ३२ वर्षीय सुनिल प्रसाद

२६. भारत मोतिहारी बस्ने २५ वर्षीया सुभद्रा कुमारी चौधरी

२७. भारत मोतिहारी बस्ने ७ वर्षीया पृया जैशवाल

२८. भारत मोतिहारी बस्ने ४ वर्षीया कृती जैशवाल

२९. धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ बस्ने १९ वर्षीया दिव्या चौधरी

३०. रौतहटको दुर्गाभगवती गाउँपालिका–२ बस्ने ३० वर्षीय राजकिशोर दास

३१. रौतहटको माधवनारायण नगरपालिका–५ बस्ने १९ वर्षीय रोशी कुमार साह

३२. सोही ठाउँ बस्ने २५ वर्षीय राजु दास

३३. भारत मोतिहारी बस्ने २२ वर्षीय महमद साहेब

दुर्घटनामा संलग्न रुद्राक्ष यात्रुबाहक बसका चालक धनुषा जिल्लाको शहीद नगरपालिका–४ निवासी ४३ वर्षीय कृष्ण मण्डललाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ।

सडकमा पल्टिएका सवारीसाधनलाई क्रेनको सहायताले हटाई आज बिहान करिब ३ बजे सडक एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ