२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

‘धनी बुवा गरिब बुवा’ को नेपाली भाषामा आधिकारिक रूपमा अनुवाद तथा प्रकाशन गर्ने सम्झौता

सोमवार , कार्तिक १७, २०८२

काठमाडाैं । उद्यमी तथा लगानीकर्ता रोबर्ट कियोसाकीद्धारा लिखित चर्चित अन्तर्राष्ट्रिय पुस्तक ‘धनी बुवा गरिब बुवा’ (“RICH DAD POOR DAD”) अङ्ग्रेजी पुस्तकको नेपाली भाषामा आधिकारिक रूपमा अनुवाद तथा प्रकाशन गर्न कथालय इन्क. प्रा. लि., नेपालले Rich Dad Operating Company, LLC, Arizona, USA सँग सम्झौता गरेको छ ।

सम्झौतामा Rich Dad Operating Company, का तर्फबाट कम्पनीका कार्यकारी अधिकृत किम कियोसाकी र कथालय इन्क प्रा. लि., नेपालका तर्फबाट कम्पनीका सहसंस्थापक तथा निर्देशक राजीव धर जोशीले सेप्टेम्बर ३०, २०२५ मा सम्झौतामा हस्ताक्षर गरेका थिए ।

कथालय इन्कले यो पुस्तक “रिच ड्याड पोर ड्याड” लाई आधिकारीक रूपमा नेपाली भाषामा आफ्नो ब्राण्ड WeRead (वी रिड) बाट प्रकाशन गर्ने भएको छ ।

हालसम्म यो पुस्तक विश्वभरी ४ करोड प्रतिभन्दा बढी बिक्री भइसकेको छ भने १०९ राष्ट्रमा ५१ भन्दा बढी भाषामा प्रकाशित भइसकेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ