२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

राजसंस्था, हिन्दु राष्ट्रको मागसहित काठमाडौंमा राप्रपाको प्रदर्शन (तस्बिरहरु)

मंगलवार , मंसिर २३, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबार काठमाडौंमा प्रदर्शन गरेको छ ।

राजा, राजनीतिक दल र जेनजीकाबीच नवीन समझदारीका लागि दबाव दिने उद्देश्यका साथ राप्रपाले मंगलबार काठमाडौंको रत्नपार्क क्षेत्रमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले राजसंस्था, हिन्दु राष्ट्रको पक्षमा नारा लगाएका थिए ।

राप्रपाले आम निर्वाचन अगावै–कसैले नजित्ने, कसैले नहार्ने देशले जित्ने नवीन समझदारी हुनुपर्नेमा जोड दिदै आएको छ । त्यसका लागि राप्रपाले राजा, राजनीतिक दल र जेनजी लगायतको सर्वपक्षीय सम्मेलन आह्वानको माग समेत गरेको छ ।

राप्रपाले विदेशमा बस्ने नेपालीको मतदान गर्ने अधिकार सुनिश्चित गर्नुपर्ने, जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरूको माग पूरा गर्नुपर्ने जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ