२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

‘काव्य साँझः कल्प’मा बाँसुरीको धुनसँगै गुन्जिए डा.लम्साल

मंगलवार , पौष १, २०८२

काठमाडौं । महाकाव्यकार डा. नवराज लम्सालको महाकाव्य ‘कल्प’केन्द्रित प्रस्तुति ‘काव्य साँझः कल्प’ सम्पन्न भएको छ ।

ए क्युब प्रमोसनद्वारा सोमबार साँझ आयोजित कार्यक्रममा डा. लम्सालले आफ्नो चौथो महाकाव्य ‘कल्प’का हरफहरू सुनाइरहँदा डा. निरञ्जन भण्डारीले बाँसुरीमा साथ दिएका थिए । डा. भण्डारी ललित कला क्याम्पसका बाँसुरीका प्राध्यापक हुन् ।

कल्प महाकाव्य प्रकृति, संस्कृति र मानवताको त्रिवेणी मानिन्छ । वैश्विक चेतनाको भविष्यमुखी महाकाव्य मानिएको कल्पका हरफहरूसँग दर्शकहरू झुमेका थिए । डा. लम्सालले केही काव्यका र केही निजी सन्दर्भहरू सुनाइरहँदा दर्शकदीर्घा निकै रोमाञ्चित भएका थिए ।

यसरी बाँसुरीसहित महाकाव्य लिएर डा. लम्साल मञ्चमा पहिलोपटक प्रस्तुत भएका हुन् । आफैँ पनि लामो समय रेडियो प्रसारणमा बिताएका डा. लम्सालले कविता वाचन गरिरहँदा धेरैले उनलाई रेडियो नेपाल र बिबिसीमा सुनेका ती दिनहरूको याद गरे ।

ललितपुरको झम्सिखेलस्थित मोक्षमा आयोजित काव्य साँझमा साहित्य, शिक्षा र संस्कृति क्षेत्रका अगुवाहरूसँगै विभिन्न पेसा र व्यवसायका विशिष्ट व्यक्तित्वहरूको बाक्लो उपस्थिति थियो । साहित्यकार डा लम्साल साहित्य र आधुनिक सञ्चारका अगुवा मानिन्छन् । उनका चार महाकाव्यसहित १० पुस्तक प्रकाशित छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ