२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

चिसो बढेसँगै भक्काको व्यापार बढ्दो (फोटो फिचर)

आइतवार , पौष ६, २०८२

विराटनगर । विराटनगर दुई शंकरपुर चोकमा संगिता राजबंशी विहान र साँझ भकका पकाउछिन् । चिसो सुरुभएसँगै उनको यो दैनिकी बनेको छ ।

माटोको भाडामा पकाएका भक्का खानेको भिड लाग्छ । ५५ बर्षिया राजवंशी यो काम गर्न थालेको १५ बर्ष भईसक्यो ।

गोलभेंडा, लसुन र अकबरे खुर्सानी मिसाइएको पिरो अचारसँग सालको पातमा राखेर बेचिने भक्का प्रति गोटा २० रुपैयाँका दरले बिक्री हुन्छ ।

बिहानको चापका बेला ग्राहक सम्हाल्न उनलाई भ्याइनभ्याइ हुन्छ । साँझको समयमा उस्तै हुन्छ । उनका अनुसार दैनिक दुई हजारदेखि दुई हजार पाँच सय रुपैयाँसम्मको भक्का बिक्री हुने गरेको छ ।

बिहानको समयमा मर्निङवाकमा निस्कनेहरु, विद्यालय जाने विद्यार्थी भक्का खाने प्रमुख ग्राहक हुन् । संगिता राजवंशी मात्रै होइन, यतिबेला विराटनगरका चोक आसपास र राजमार्ग किनारमा भक्का बेच्नेहरु धेरै देखिन्छन् । उनीहरुले मङ्सिरदेखि माघ मसान्तसम्म भक्काको व्यापार गर्ने गर्छन् ।

चिसो मौसम सुरु भएसँगै पूर्वी तराईका मोरङ र झापा जिल्लाका अधिकांश चोक बजारमा भक्का खानेहरुको भीड बढ्न थालेको छ । चामलको पिठोबाट बनाइने भक्का पोसिलो, स्वादिलो र छिट्टै पच्ने भएकाले धेरैले यसलाई बिहानको खाजाको रुपमा रोज्ने गरेका छन् ।

प्रायः ग्रामीण क्षेत्रका आदिवासी समुदायका महिलाहरु बिहान झिसमिसेदेखि गाउँ तथा शहरका चोक र गल्लीमा माटाको हण्डीमा पानी उमालेर बाफमा भक्का पकाएर बिक्री गर्ने गर्छन् । यसरी बनाइएको भक्का बच्चादेखि वृद्धवृद्धासम्मको लोकप्रिय बिहानको खाजा बनेको छ ।

पूर्वी तराईको मौलिक तथा लोकप्रिय परिकारका रुपमा रहेको भक्का सुरुमा राजवंशी समुदायका महिलाहरुले मात्र बनाउने गर्दथे । तर यसको माग बढ्दै गएपछि अहिले धिमाल, ताजपुरिया र थारु समुदायका महिलाहरुले समेत भक्का बनाउन थालेका छन् ।

भक्का बनाउन चामललाई पिठो बनाएर सानो बटुकामा राखी केही समय बाफमा पकाइन्छ । चिया र अचारसँग खाँदा भक्का अझ स्वादिलो हुने गर्दछ । राजवंशी समुदायको मौलिक परिकार भक्का अहिले सबै समुदायको साझा खानेकुरा बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ