२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक

शनिवार , पौष १२, २०८२

काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको स्वर र अभिनय रहेको ‘पहाड भो मलाई यो उमेर काट्न ...’ बोलको गीत सार्वजनिक भएको छ ।

कवि तथा गीतकार दिनेश अधिकारीको शब्द-रचनाको उक्त गीतमा संगीतकार हरि लम्सालको संगीत रहेको छ । म्युजिक भिडियोको निर्देशन निकेश खड्काले गरेका छन् ।

टुवेल्भ नोट्सले प्रकाशनमा ल्याएको यो गीतमा आफ्नो प्रिय मान्छेसँग बिछोड हुँदाको अवस्था, परिस्थिति र उसका अनेकन मनोदशालाई उजागर गरिएको छ ।

गीत र कविताको मिश्रण रहेको त्यस सृजनाले नेपाली गीत/संगीतका स्रोतालाई एउटा फरक स्वाद दिने संगीतकार लम्सालको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ