२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

गलत काम गर्नेमाथि कारबाही नहुँदा दण्डहीनता बढ्यो : अध्यक्ष ढकाल

बुधवार , पौष १६, २०८२

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले २४ भदौको दिन लुटपाटमा संलग्नमाथि कारबाही गर्न माग गरेका छन् ।

महासंघले प्रधानमन्त्री सुशीला कार्कीसहित मुख्य दलका नेतृत्वसँग गरेको सर्वपक्षीय संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । गलत काम गर्नेमाथि कारबाही नहुँदा दण्डहीनता बढेको भन्दै उनले चिन्ता व्यक्त गरे ।

उनले भने, ‘निर्वाध रूपमा काम गर्ने वातावरण बनेको छैन, गलत काम गर्नेमाथि कारबाही नहुँदा दण्डहीनता बढ्ने चिन्ता बढेको छ ।’ निजी क्षेत्रको सम्मान नभएसम्म मुलुकमा लगानी नआउने बताउँदै उनले राजस्व बढ्न सरकार निजी क्षेत्रमैत्री हुनुपर्नेमा जोड दिए ।

उनले निर्वाचन लोकतन्त्रलाई संस्थागत गर्ने विधि भएको बताए । देश निर्वाचनमा अगाडि बढेको भन्दै उनले समद्धिका लागि निजी क्षेत्रको संलग्नता भने अझै पनि ओझेलमा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ