काठमाडौं । सुनौलो नेपालले चितवनको भरतपुरमा ‘भरतपुर कन्क्लेभ’ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।
शुक्रबार भरतपुरस्थित होटल सिराइचुलीमा भएको कार्यक्रम भरतपुरको विकास मोडल, पर्यटन प्रवर्द्धन र मेडिकल हबका रूपमा भविष्यका सम्भावनामाथि केन्द्रित थियो ।
कार्यक्रम तीनवटा प्यानल डिस्कसनमा विभाजित थियो ।

पहिलो सेसन भरतपुरको विकास तथा निर्माणमा केन्द्रित थियो । यस प्यानलमा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा सहभागी थिए । सेसनको सहजीकरण वरिष्ठ पत्रकार राजेन्द्र बानियाँले गरेका थिए ।

कार्यक्रमको दोस्रो सेसन भरतपुरको पर्यटन विकासबारे थियो । यस प्यानलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली र डा. विश्व सुवेदी सहभागी थिए । सेसनको सहजीकरण पत्रकार समा थापाले गरेकी थिइन् ।

तेस्रो सेसन भरतपुरलाई मेडिकल हबका रूपमा विकास गर्ने विषयमा केन्द्रित थियो । यस प्यानलमा भरतपुर अस्पतालका पूर्व अध्यक्ष डा. भोजराज अधिकारी, ओम मेघा श्री फर्मास्युटिकल्सका अध्यक्ष अर्जुनकुमार श्रेष्ठ, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका निर्देशक डा. शिवजी पौडेल र सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल सहभागी थिए । सेसनको सहजीकरण पत्रकार प्रकाश ज्ञवालीले गरेका थिए ।
कार्यक्रममा सञ्चारमन्त्री जगदीश खरेल प्रमुख अतिथिका रूपमा उपस्थित थिए ।


















प्रतिक्रिया दिनुहोस