२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

रहेनन् गायक तथा नायक प्रशान्त तामाङ

आइतवार , पौष २७, २०८२

काठमाडौं । भारतीय मूलका नेपालीभाषी गायक तथा नायक प्रशान्त तामाङको निधन भएको छ । भारतीय टिभी रियालिटी शो इन्डियन आइडलको तेस्रो संस्करणका विजेता तामाङको आइतबार दिल्लीस्थित उनकै निवासमा निधन भएको हो ।

निर्माता राजेश घतानीले तामाङकी श्रीमतीलाई उदृत गर्दै हृदयघातका कारण प्रशान्तको निधन भएको जनाएका छन् ।

४३ वर्षीय तामाङले थुप्रै नेपाली गीतमा स्वर दिएका छन् । साथै, नारायण रायमाझी निर्देशित फिल्म ‘गोर्खापल्टन २’ बाट उनले नेपाली फिल्मको अभिनयमा डेब्यू गरेका थिए ।

उनले सलमान खान स्टारर फिल्म ‘ब्याटल अफ गलवान’ बाट बलिउड डेब्यू गरेका थिए । यो फिल्मको छायांकन सकिएपनि डबिङ भने बाँकी नै थियो ।

भारतको दार्जिलिङमा जन्मिएका प्रशान्तले सन् २०११ मा एयर होस्टेस गीता थापासँग विवाह गरेका थिए । उनीहरूको एक छोरी छिन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ