२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

नायक सञ्जय लामा र नायिका तारा थोकरको अभिनय रहेको 'चु ल्हुई' सार्वजनिक

आइतवार , पौष २७, २०८२

काठमाडौ । गायिका सुस्मिता स्याङतान र गायक सुवास दोर्जे थिङको आवाजमा सजिएको 'चु ल्हुई' सार्वजनिक भएको छ ।

म्युजिक भिडियोमा तामाङ चलचित्र क्षेत्रका स्थापित तथा लोकप्रिय नायक एंव मोडल हुत्त सञ्जय लामा र नायिका तारा थोकरको अभिनय रहेको छ ।

गीतलाई एच एम एम मिडियाको अफिसियल युटुब च्यानलमार्फत बजारमा ल्याएको हो ।

जसमा निर्देशक तथा कोरियोग्राफर विक्रम लुङ्बाको उत्कृष्ट निर्देशन र प्रज्वल राउतको सिनेमाटोग्राफी प्रष्ट झल्किन्छ। पछिल्लो समय एकपछि अर्को गीत पस्कँदै आएकी गायिका सुस्मिताको स्वरले यस गीतलाई छुट्टै उचाइ दिएको छ ।

विवेक लोप्चनको शब्द र सङ्गीत रहेको यस गीतमा सानुबाबु घिसिङको एरेन्ज रहेको छ । पारिजात नेपाल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यस गीतलाई कार्साङ लामा ( दोङ) ले मिक्सिङ र मास्टरिङ गरेका हुन् भने मेक बहादुर थापाले सम्पादन र कलर ग्रेडिङ, नरेश खरेलको मेकअप मार्फत भिडियोलाई निकै स्तरीय बनाएका छन् ।

https://youtu.be/-UfmWi9t3-Y

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ