२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

मुगुमा बनेको सर्ट फिल्म ‘हेपिनेस’ कोलकाताको अन्तर्राष्ट्रिय फिल्म महोत्सवको फाइनलमा

शनिवार , माघ ३, २०८२

मुगु । कर्णाली प्रदेशको मुगु जिल्लामा निर्माण गरिएको नेपाली लघु चलचित्र (सर्ट फिल्म) ‘हेपिनेस’ भारतको कोलकातामा आयोजना हुने प्रतिष्ठित अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको फाइनल चरणमा प्रवेश गरेको छ।

सन् २०२६ को ‘अमादर अन्तर्राष्ट्रिय लघु चलचित्र महोत्सव’ (Amader International Short Film Festival) मा विश्वका विभिन्न देशका सर्ट फिल्मसँग प्रतिस्पर्धा गर्दै ‘हेपिनेस’ अन्तिम सूचीमा छनोट भएको हो।

फिल्म फेस्टिभल जङ्क्शनले सार्वजनिक गरेको विवरणअनुसार, विश्वका सात देशका अनुभवी चलचित्रकर्मीहरू सम्मिलित अन्तर्राष्ट्रिय जुरीले ‘हेपिनेस’ लाई फाइनलका लागि छनोट गरेका हुन्। जुरी सदस्यहरूमा फ्रान्सका निर्देशक पाट्रिस गिलेन, बुर्किना फासोका लेखक तथा निर्देशक सान क्लेमेन्ट कौलीबाली, लेबनानकी निर्मात्री क्रिस्टिना इब्राहिम, मेक्सिकोका अभिनेता–निर्माता इभान क्यारुम, ब्राजिलका निर्देशक रुइटर कर्भेलो डुआर्ते, अल्जेरियाली समीक्षक हौरिया हम्मादौचे र मोरोक्कोका निर्माता मोहम्मद गुमाने रहेका छन्।

फिल्मका निर्देशक शैलेश हमालले महोत्सवको अन्तिम नतिजा आगामी फेब्रुअरी १९ मा सार्वजनिक हुने जानकारी दिए। उनले भने, “कर्णालीको मुटुबाट जन्मिएको कथाले विश्वस्तरीय जुरीको ध्यान खिच्नु र फाइनलसम्म पुग्नु हाम्रो टोलीका लागि ऐतिहासिक उपलब्धि हो।”

बाल मनोविज्ञानमा आधारित यस फिल्मले खुसी ठूला सफलता वा उपलब्धिमा मात्र सीमित नहुने, आफ्नै सिर्जना र साना अनुभवहरूमा पनि भेटिने सन्देश प्रभावकारी रूपमा प्रस्तुत गरेको छ।

फिल्ममा बाल कलाकार अस्मिता हमालले मुख्य भूमिका निर्वाह गरेकी छन्। छायाङ्कन तथा रङ संयोजन उब्जन यूके, सम्पादन सुमन कुमार शाही, कास्टिङ राजेन्द्र शाही तथा ध्वनि संयोजन डबल विश्वकर्मा ले गरेका हुन्।

मुगुका युवा फिल्मकर्मीहरूले स्थापना गरेको ‘फ्लाइङ फेदर्स फिल्म्स’ को ब्यानरमा निर्माण भएका सर्ट फिल्महरूले यसअघि पनि अन्तर्राष्ट्रिय स्तरमा सफलता हात पारिसकेका छन्। संस्थाले सन् २०२५ मा कोलकातामै सम्पन्न ‘सत्यजित–रित्विक–मृणाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव’ मा उत्कृष्ट कथा र उत्कृष्ट लघु चलचित्रको अवार्ड जितेको थियो।

संस्थाले कर्णालीको मौलिक संस्कृति, जीवनशैली तथा लुकेका कथाहरूलाई विश्वमञ्चमा चिनाउने लक्ष्यसहित निरन्तर काम गर्दै आएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ