२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

चालू आर्थिक वर्ष ०८२–८३ को पहिलो ६ महिनामा २ वटा खाद्य उद्योगबिरुद्ध मुद्दा दायर

शनिवार , माघ १०, २०८२

काठमाडौं । न्यून गुणस्तरको खाद्य पदार्थ उत्पादन र विक्री वितरण गरेको भन्दै विराटनगरस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले चालू आर्थिक वर्ष ०८२–८३ को पहिलो ६ महिनामा २ वटा खाद्य उद्योगबिरुद्ध मुद्दा दायर गरेको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले न्यून गुणस्तरको खाद्य पदार्थ उत्पादन गरेको अभियोगमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ अनुसार मुद्दा दायर गरेको जनाएको छ । विराटनगरमा आयोजित अर्ध वार्षिक समिक्षा गोष्ठीमा कार्यालयले गरेका कार्यहरु र प्रगति विवरण र्सार्वजनिक गर्दै खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ बमोजिम १८ वटा तथा खाद्य स्वच्छता सर्भिलेन्सकालागि ८६ वटा खाद्य पदार्थको नमुना संकलन गरेको जानकारी दिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख पुष्पलाल राईले जेन्जी आन्दोलनका क्रममा कार्यालय तथा घुम्ती भ्यान जलाइएका कारण लक्ष्य अनुसार अनुगमन निरीक्षण गर्न नसकिएकाले तोके अनुसारको काम समेत गर्न नसकिएको बताए ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले अन्तर्रााष्ट्रय स्तरको प्रयोगशालाको मान्यता समेत पाएको छ । यो प्रयोगशालामा ७ वटा वस्तुको गुणस्तर निर्धारण गर्ने गरिएकोमा प्रशोधित पानी, प्याकेजिङ पानी र नुन गरी १० वटा वस्तुको गुणस्तर समेत जाँच्न पाउने र उद्योगी व्यवसायीहरुले विराटनगरबाट निर्यात गर्ने वस्तुको प्रमाणपत्र लिन सकिने जानकारी गराइएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ