२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

चलचित्र भवनमा ‘परिवर्तन’ प्रदर्शन

आइतवार , माघ ११, २०८२

काठमाडौँ । यही माघ ९ गतेदेखि प्रदर्शन भइरहेको नेपाली चलचित्र ‘परिवर्तन’ ले मनोरञ्जनसँगै देश परिवर्तनको विषयलाई उठान गरेको कलाकारहरूले बताएका छन् । काठमाडौँ उपत्यकाका चलचित्र भवनमा दर्शक प्रतिक्रिया लिन पुगेका अभिनेता सुशील श्रेष्ठ र अभिनेत्री अञ्जना बराइलीले चलचित्र हेरेका दर्शकबाट सकारात्मक प्रतिक्रिया आएको बताए ।

अभिनेता श्रेष्ठले द्वन्द्वका दृश्यमा गरिएको मेहनतको प्रशंसा हुँदा छायाङ्कनको दुःखलाई बिर्साएको बताए । उनले भने, “हामीले चलचित्रको कथासँगै द्वन्द्वमा निकै मेहनत गरेका थियौँ । हाम्रो सीमित स्रोत र साधनले गरिएको कामले कस्तो प्रतिक्रिया पाउने हो भन्ने लागेको थियो, दर्शकको प्रतिक्रियाले मेहनतको फल पाएँ झैँ लागेको छ । यसले देशको अहिलेको परिस्थितिलाई पनि चित्रण गरेको छ ।”

उनले समसामयिक विषयलाई चलचित्रको कथा बनाइएको जानकारी दिए । चलचित्रमा सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी, सुवास मेचेलगायत कलाकारले अभिनय गरेका छन् । दीपक सिवाकोटीले निर्माण गरेको उक्त चलचित्रमा पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ