२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सशक्त नेपाली चलचित्र ‘एक भागवत र एक गीता’ डिशहोम गाेमा उपलब्ध

आइतवार , माघ १८, २०८२

काठमाडाैं । यथार्थ परक र सीमान्तकृत समुदायको आवाजलाई सशक्त रूपमा प्रस्तुत गरिएको चलचित्र “एक भागवत र एक गीता’ अब डिशहोम गाेमा दर्शकहरुलाई उपलब्ध भएको छ ।

कथाबस्तु कमला माई (विपिन कार्की)को वरपर घुमेको छ । जनकपुर वरपरका तेस्रो लिंगी समुदायको नेतृत्व र संरक्षणगर्दै समाजमा व्याप्त भेदभाव, पूर्वाग्रह र मानवीयताका लागि लडिएको घटनाक्रमलाई मार्मिक रुपले प्रस्तुत गरिएको ‘एक भागवत र एक गीता’चलचित्रले समावेशिता, समानता र मानव अधिकारको वकालत गरेको छ ।

यो चलचित्र नेपालभित्र रु. २२५ र नेपाल बाहिर USD १=९९ तिरेर डिशहोम गाेमा दर्शकहरुले हेर्न सक्नेछन्।

झरना थापाको निर्देशनमा बनेको यो चलचित्रमा विपिन कार्की, सुहाना थापा, धिरज मगर, जभिस र जभिन श्रेष्ठ तथा कबीर खड्काको प्रभावशाली अभिनय रहेको छ।

डिशहोम गाे एक नेपाली ओटिटि प्ल्याटफर्म हो,जहाँ दर्शकहरूले नेपाली तथा अन्तराष्ट्रिय चलचित्रहरु, सिरिज, टेलिभिजन कार्यक्रम, खेलकुद, सर्ट फिल्महरू तथा नेपाली भाषामा डब गरिएका कोरियन ड्रामा लगायत विविध श्रब्यदृष्य सामग्रीहरु सहजै हेर्न सकिन्छ ।

संसारभर, जुनसुकै बेला गुणस्तरीय मनोरञ्जनका लागि डिशहोम गाे तपाईंको भरपर्दो माध्यम हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ