logo

२०८१ बैशाख ११ मंगलबार

logo
  • मंगलबार, ११ बैशाख २०८१
  • १३ वर्षभन्दा कम उमेरका ७३ लाख टिकटक एकाउन्ट बन्द 

    १३ वर्षभन्दा कम उमेरका ७३ लाख टिकटक एकाउन्ट बन्द 

    5.5K
    Shares

    टिकटकले १३ वर्षभन्दा कम उमेरका बालबालिकाहरुको झण्डै ७३ लाख एकाउन्ट बन्द गरिदिएको छ । सन् २०२१ को पहिलो त्रैमासिकमा टिकटकले १३ वर्षभन्दा कम उमेरका बालबालिकाको झण्डै ७३ लाख एकाउन्ट बन्द गरिदिएको हो । 

    यो संख्या टिकटकका विश्वव्यापी प्रयोगकर्ताको संख्याको १ प्रतिशत मात्रै हो ।

    १३ वर्षभन्दा माथिका व्यक्तिले टिकटकमा खाता खोल्न पाउछन् । तर १६ वर्षसम्मका किशोरावस्थाका प्रयोगकर्ताको सुरक्षाका लागि टिकटकले विभिन्न उपाय अपनाउँदै आएको जनाएको छ । त्यसमा प्राइभेट मेसेज तथा लाइभ स्ट्रिमिङ फिचर उपलब्ध हुँदैन । त्यस्तै १६ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताको एकाउन्ट स्वतः प्राइभेट हुनेगरी गत जनवरीमा नयाँ फिचर ल्याइएको हो ।

    किशोरावस्थाका प्रयोगकर्तामा निकै लोकप्रिय रहेको भएपनि कम उमेरका बालबालिका प्रयोगकर्ताको संख्या टिकटकमा बढिरहेकोमा चिन्ता व्यक्त गरिएकाे छ। 

    सोसल मिडियाहरुमा खाता खोल्ने क्रममा नियम बमोजिमको उमेर पुर्याहउनका लागि सानो उमेरका प्रयोगकर्ताले पनि आफ्नो वास्तविकभन्दा बढी उमेर बनाउनका लागि नक्कली उमेर राख्न सक्दछन् । प्रयोगकर्ताको उमेर प्रमाणित गर्ने अर्को उपाय छैन ।

    तर टिकटकसँग सर्वाधिक उन्नत कम्प्युटर भिजन प्रविधि रहेकोले यसले बालबालिका प्रयोगकर्ता यकिन रुपमा पत्ता लगाउन सक्ने सम्भावना हुने टिकटकले जनाएको छ । 

    टिकटकको रिपोर्ट अनुसार सन् २०२१ को पहिलो त्रैमासिकमा टिकटक एपको नियम उल्लंघन गरेका ६ करोड १९ लाख ५१ हजार ३२७ वटा भिडियो हटाइएको छ । रिपोर्ट अनुसार टिकटकको निर्देशिका तथा प्रयोगको शर्त उल्लंघन गरेका कारण खारेज गरिएका कुल एकाउन्टको संख्या १एक करोड ११ लाख ४९ हजार ५१४ छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend