२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

फागुन १ बाट रिलिज हुँदै ‘बिगुल’, निर्माण टिम भन्छ: यो जेन्जी आन्दोलनको प्रतिविम्ब हो

शुक्रवार , माघ २३, २०८२

काठमाडौं । सामाजिक र राजनीतिक विसङ्गति विरुद्ध आवाज उठाउने उद्देश्यका साथ निर्माण गरिएको नेपाली चलचित्र “बिगुल” आगामी फागुन १ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ । पूर्वको झापादेखि पश्चिमको नेपालगन्जसम्मको देशव्यापी प्रचार अभियान र दर्शक साक्षात्कार सम्पन्न गरी काठमाडौँ आइपुगेको निर्माण टोलीले पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो ।

चलचित्रका कथाकार एवं निर्माता दिनेश कोइरालाका अनुसार ‘बिगुल’ केवल मनोरञ्जनका लागि मात्र नभई समाज रूपान्तरणको उद्घोषका रूपमा निर्माण गरिएको हो । विशेषगरी ‘जेनेरेशन–जेड’ अर्थात् युवा पुस्ताको वर्तमान आन्दोलन र उनीहरूको बदलिँदो चेतनालाई चलचित्रले प्रतिनिधित्व गर्ने निर्माण पक्षको दाबी छ ।

“देशमा मौलाएको भ्रष्टाचार, युवा शक्ति पलायनको पीडा र भ्रष्ट व्यवस्थाप्रतिको आक्रोशलाई हामीले पर्दामार्फत बुलन्द गरेका छौँ,” कथाकार कोइरालाले भने, “यो चलचित्र आजको पुस्ताले भोगिरहेको यथार्थको ऐना हो ।”

चलचित्रमा बेनीशा हमाल, नरेन खड्का, नीर शाह, रमेश बुढाथोकी, सरोज खनाल, विनोद न्यौपाने, शिशिर बाङ्देल, गीता अधिकारी, मानुसी शर्मा र नव–अभिनेत्री मीरा पण्डीत लगायतको सशक्त अभिनय रहेको छ । प्रदीप भारद्वाज र मौनता श्रेष्ठको पटकथा तथा संवाद रहेको यस चलचित्रलाई चर्चित छायाँकार शिव ढकालले खिचेका हुन्।

निर्माण टिमले काठमाडौँ बाहिरको यात्रामा युवा समूह, महिला अगुवा र सामाजिक अभियन्ताहरूसँग प्रत्यक्ष संवाद गरेको थियो। मोफसलमा पाएको उत्साहजनक प्रतिक्रियाले चलचित्रले राष्ट्रिय स्तरमा पनि प्रभाव जमाउनेमा टोली ढुक्क देखिएको छ। सामाजिक न्याय र अन्याय सहेर बसेका भुइँमान्छे हरूको कथा भनिएको ‘बिगुल’ ले दर्शकलाई सचेत र जिम्मेवार बन्न प्रेरित गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ