२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

चलचित्र ‘ह्यारी कि प्यारी’ र ‘प्रेम गीत ३’ अब 'डिशहोम गो' मा

शुक्रवार , माघ २३, २०८२

काठमाडौं । नेपाली मनोरञ्जन क्षेत्रलाई डिजिटल माध्यमबाट अझ सशक्त बनाउँदै आएको डिशहोम गोले नेपाली चलचित्र ‘ह्यारी कि प्यारी’ र ‘प्रेम गीत ३’ स्ट्रिमिङका लागि उपलब्ध गराएको छ।

प्रदर्शनका क्रममा दर्शकको सकारात्मक प्रतिक्रिया र राम्रो व्यापारिक सफलता हासिल गरेका यी दुवै चलचित्र अब घरमै बसेर सहज रूपमा हेर्न सकिने छ। नेपालभित्र दर्शकहरूले यी चलचित्र रु. २२५ मा हेर्न सक्नेछन् भने नेपालबाहिर रहेका दर्शकहरूले USD 1.99 मा डिशहोम गोमार्फत चलचित्रको मनोरञ्जन लिन सक्नेछन्।

‘ह्यारी कि प्यारी’ निर्देशक डा. कपिल रिजाल तथा निर्माता डा. भोला रिजालको प्रस्तुति हो। जितु नेपाल, सम्राज्ञी आर.एल. शाह, विजय बराल र लक्ष्मी गिरीको अभिनय रहेको यस रोमान्टिक कमेडी चलचित्रले हलको प्रदर्शनका क्रममा दर्शकहरूलाई हँसाउँदै र भावुक बनाउँदै राम्रो चर्चा कमाएको थियो। सामान्य व्यक्ति ह्यारीको जीवन, प्रेम र मित्रताका उतार–चढावलाई सहज र रमाइलो शैलीमा प्रस्तुत गरिएको यो चलचित्र विशेषगरी पारिवारिक दर्शकहरूबीच निकै रुचाइएको छ।

त्यसैगरी, ‘प्रेम गीत ३’ निर्देशक छेतन गुरुङ र निर्माता सन्तोष सेनको ऐतिहासिक प्रेमकथा हो। प्रदीप खड्का र क्रिस्टिना गुरुङको मुख्य भूमिकासहित शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन र माओत्से गुरुङको सशक्त अभिनयले चलचित्रलाई अझ प्रभावशाली बनाएको छ। नेपाल तथा अन्तर्राष्ट्रिय बजारमा समेत प्रदर्शन भई प्रशंसा बटुलेको यस चलचित्रले भव्य दृश्य, सशक्त कथा र भावनात्मक प्रेमकथाका कारण दर्शकको मन जित्न सफल भएको थियो।

डिशहोम गो नेपाली दर्शकहरूका लागि चलचित्र, वेब सिरिज, लाइभ टेलिभिजन, खेलकुद तथा विविध नेपाली र अन्तर्राष्ट्रिय सामग्री उपलब्ध गराउने अग्रणी ओटीटी प्लेटफर्म हो।

मोबाइल, ट्याबलेट र स्मार्ट टिभीमार्फत जहाँसुकै र जुनसुकै समयमा हेर्न सकिने सुविधासहित डिशहोम गोले नेपालभित्र मात्र होइन, विश्वभर रहेका नेपाली दर्शकलाई आफ्नो संस्कृति र मनोरञ्जनसँग जोड्दै आएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ