२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

'लिटमस केवलको गुणस्तरकै कारण राष्ट्रिय आयोजनामा जोडिन सक्यौँ, दुई वर्षभित्र आइपिओमा जान्छौँ'

मंगलवार , माघ २७, २०८२

काठमाडौं । लिटमस केवल इन्डष्ट्रिज सन् १९७७ मा स्थापना भएको सबैभन्दा पुरानो र पहिलो कम्पनी हो । सुरुवाती समयमा लुम्बिनी विद्युत्को नाममा यो कम्पनी दर्ता भएको थियो । त्यसपछि पहिलो पटक नेपालमा एसइएसआर कन्डक्टर ( बिजुलीलाई एक ठाउँबाट अर्को ठाउँमा पुर्याउन ट्रान्समिसनमा प्रयोग हुने) को पहिलो उत्पादक पनि लिटमस केवल नै हो । स्थापनादेखि ४४/४५ वर्षको दौडानमा लिटमसको उत्पादन नेपाल विद्युत् प्राधिकरण लगायत हाउस वायरिङका तारहरुमा लोकप्रिय भइसकेको छ । विशेष गरेर आफ्नो उत्पादनमा गुणस्तरलाई प्राथमिकता दिने भएकाले लिटमसको नेटवर्क नेपालभर नै विस्तार भइसकेको छ । लिटमस केवलको उत्पादनबारे सुनौलो नेपालले कम्पनीका भाईस प्रेसिडेन्ट सरोज मिश्र (३० वर्षदेखि आबद्ध) सँगको कुराकानी :

लिटमसले केवलहरु मात्र उत्पादन गर्छ ?

लिटमसले सबै खालका केवलहरु उत्पादन गर्छ । धेरै प्रोडक्टहरु मध्ये केवल यस्तो प्रोडक्ट हो, जसको धेरै ठूलो भेराइटिज हुन्छन् । जस्तैः सामान्य हाउस होल्डमा प्रयोग गरिने हाउस वायरिङका केवलहरु, ठूला-ठूला ट्रान्समिसन लाइनमा प्रयोग हुने एसइएसआर कन्डक्टरहरु, एबीसी लगायतका केवलहरु उत्पादन गर्दै आएको छ । केवलका जति पनि भेराइटिजहरु छन्, ती सबैमा हाम्रो पहुँच पुगेको छ । ११ केभी, ३३ केभी र ६६ केभीका केवलहरु पनि उत्पादन गर्दै जान्छौँ । अहिले नेपालमा जति माग भइरहेको छ, त्यसको सबै खालका उत्पादनहरु लिटमस केवलले उत्पादन गरिरहेको छ । हाम्रो अहिलेको उत्पादन केवल्स र कन्डक्टरहरु मात्रै हो ।

लिटमस एउटा पब्लिक लिमेटेड कम्पनी पनि हो, भविष्यमा आइपियोमा जाने तयारी कस्तो छ ?

हामी त्यसतर्फ लम्किरहेका छौँ । पहिले प्राली भन्ने थियो, अहिले पब्लिक लिमिटेड भयौँ । अबको दुई वर्ष भित्र हामी आइपियोमा पनि जान्छौँ, तयारी भइरहेको छ ।

देशभर लिटमसको नेटवर्क छ, कस्तो प्रतिक्रिया पाउनुभएको छ ?

कुनै पनि वस्तु उत्पादन गर्नुभन्दा पनि त्यसको गुणस्तरलाई मेन्टेन गर्नु चुनौतीको विषय हो । लिटमसले गुणस्तरमा विश्वास गर्छ । त्यसैले ‘क्वालिटीमा नम्बर वान’ भन्ने हामीले नारा नै राखेका छौँ । यसलाई हामीले यथार्थमा पनि परिणत गर्दै गइरहेका छौँ । आजसम्मको यात्रामा सामान्य उपभोक्तादेखि ठूला-ठूला प्रयोगकर्ताहरुबाट पनि लिटमसको गुणस्तरमा कुनै प्रश्न उठेको छैन । योसँगै म के जोड्न चाहन्छु भने, अरुण तेस्रो जस्तो राष्ट्रिय गौरवको आयोजनामा लिटमस पनि आबद्ध हुन पुगेको छ । त्यो आबद्धतामा पनि धेरै चरण हुन्छन्, विभिन्न चुनौती पार गर्दै गुणस्तरकै कारणले लिटमस आज त्यो स्तरमा पुग्न सकेको हो । पावर ग्रिड कर्पोरेशन इण्डियाका टेक्निकल व्यक्तिहरु हाम्रो कारखानामा आएर एप्रुभ गरेपछि मात्र हामी अरुण तेस्रो परियोजनामा जोडिन पाएका हौँ । किनभने अरुण तेस्रोको ट्रान्समिसन लाइनको कन्सलट्यान्ट पावर ग्रिड कर्पोरेशन इण्डिया हो । उहाँहरु हाम्रो फ्याक्ट्रीमा आएर मेसिनरी देखि डिसप्याचका सिस्टम, प्रोडक्सनका सिस्टम, क्वालिटीका सिस्टम अध्ययन गरेर लिटमसले अन्तराष्ट्रिय स्तरको क्वालिटीको सामान उत्पादन गर्न सक्छ भनेर प्रमाण पत्र नै दिएको छ ।

गुणस्तरका लागि के कस्ता प्रमाण पत्रहरु पाउनुभएको छ ?

नेपाल सरकारले खास गरी हाउस वायरिङका केवलहरुलाई म्यान्डेटरी प्रोडक्टको रुपमा ब्याख्या गरेको छ र राजपत्रमा नै प्रकाशित गरेको छ । हाउस वायरिङका लागि एनएस ३४४ भनेर मपदण्ड तोकिएको छ, जुन हामीसँग छ । एसइएसआर कन्डक्टरमा पनि हामीले नेपाल गुणस्तर लिएका छौँ, सायद अन्य कम्पनीले लिएको छैन । त्यसपश्चात हामीले ब्युरो अफ इण्डियन स्ट्यान्डर (बीआईएस) बाट हाउस वायरिङका लागि, एफआरएलएस, जेडएस एफआर यी सबैमा हामीले एनएस लिएका छौँ । त्यस्तै पावर केवलमा आइएस १५५४ भनेर लिएका छौँ । यीसबै गरेर हामीले चार वटा आईएस र दुई वटा एनएस लिएका छौँ । अर्को गर्वको कुरा भनेको एनएस क्वालिटी अवार्डबाट पनि लिटमस केवल विभूषित भइसकेको छ । समग्रमा भन्नुपर्दा क्वालिटीको प्रमाणपत्रसँगै जुन तोकिएको मापदण्ड छ, त्यसलाई लिएर अगाडि बढिरहेका छौँ र पालना गरिराखेका छौँ ।

लिटमसको व्यापार नेपालसहित भारतमा पनि हो ?

पावर ग्रिड अफ इण्डिया कर्पोरेशनमार्फत लिटमसका उत्पादन नेपालमै प्रयोग भएपनि यो एक प्रकारको निर्यात जस्तै हो । किनभने, नेपालमै प्रयोग भएपनि हामीले पैसा भारत सरकारबाट नै लिने हो । हामीले भुटानमा पनि निर्यात गरेका छौँ । इण्डियामा ट्रान्सफरमरको कच्चापदार्थ जसलाई सुपर इनामेल्ड वायर भनिन्छ, ती सबै तारहरु पनि हामीले निर्यात गरेका हौँ । अहिले हामीले केवल एण्ड कन्डक्डरका लागि प्राइम 'र' मटरियल एल्मुनियम वायर रड ठूलो मात्रामा निर्यात गरिराखेका छौँ ।

लिटमसले कति जनालाई रोजगारी दिएको छ ?

लिटमसमा मात्र पाँच सय जना कार्यरत हुनुहुन्छ तर हाम्रो ग्रुप अन्तर्गत भने साढे तीन हजार भन्दा बढीलाई रोजगारी दिएका छौँ । हाम्रो टर्न ओभर पनि त्यहि हिसाबले वृद्धि भइराखेको छ भने कर पनि त्यहि हिसाबले बुझाउँछौँ । जति जति निर्यात गर्न सक्छौँ, प्रतिस्पर्धा गरेर प्राप्त गर्ने ठूला योजनाहरुमा हामी जति आबद्ध छौँ, त्यसरी नै बढ्दै गइराखेको छ । हामी प्रोग्रेसिभ अवस्थामा छौँ ।

राज्यलाई राम्रो कर बुझाइराख्नुभएको छ, सयौँलाई रोजगारी पनि दिनुभएको छ । अब राज्यले के के कुरामा सहजीकरण गर्दिए हुन्थ्यो भन्ने छ ?

पहिलो विद्युत् प्राधिकरणले प्रयोग गर्ने जति पनि केवल कन्डक्टरहरु थिए, सबै बाहिरबाट आइराखेको थियो । अहिले विस्तारै प्रतिस्थापन हुँदै गइराखेको छ । तरपनि, ठूला ठूला आयोजनाहरुमा प्रयोग हुने कन्डक्टरहरु अहिले पनि चीन र भारतबाट बढी मात्रामा आइरहेको छ, त्यसलाई विस्थापित गर्ने नीतिहरु सरकारले बनाउनु पर्यो । सरकार त्यो नीतिमा अग्रसर नै नभएको त होइन तर स्थिर सरकार नभएको हुनाले जुन गतिमा अगाडि बढ्नुपर्ने हो त्यो हुन सकेको छैन । समग्रमा भन्नुपर्दा नेपालमा उत्पादन भएको सामान सुपथ मूल्यमा वा भारत, चीनसँग मिल्दोजुल्दो मूल्यमा उही गुणस्तरको सामान उपलब्ध छ भने त्यही लिने अनिवार्य व्यवस्था गर्नुपर्छ ।

कच्चापदार्थमा लाग्ने भन्सार दरको अवस्था कस्तो छ ?

हामीले भारतबाट ल्याउने कच्चापदार्थमा ५ देखि १५ प्रतिशतसम्मको ड्युटी छ । त्यो कच्चापदार्थबाट हामी सामान तयार गर्छौँ । तर, ग्लोबल टेण्डर हुँदा भारतबाट र चीनबाट आएका सामानहरुमा कस्टम ड्युटी फ्रि छ । जलविद्युत् आयोजनामा कस्टम ड्युटी फ्रि हो । उनीहरुले कस्टम ड्युटी फ्रि गरेर ल्याएको हुन्छ तर हामीले पहिले नै ५ देखि १५ प्रतिशत तिरिसकेका हुन्छौँ । हामीले त्यो मूल्य उत्पादित सामाग्रीको मूल्यमा समावेश गर्छौँ । यसो हुँदा प्रतिस्पर्धामा हाम्रो उत्पादन महंगो हुन जान्छ । त्यसैले कि उनीहरुलाई पनि ड्युटी लगाउनु पर्यो कि हामीलाई पनि ड्युटी फ्रि गर्दिन पर्यो ।

अन्त्यमा, आम उपभोक्ताले प्रयोग गर्ने सामान कुनै सस्तो कुनै महंगो हुनसक्छ । 'क्वालिटी नेभर स्पिक' भन्ने अन्तराष्ट्रिय भनाइ नै छ । त्यसैले सम्पूर्ण उपभोक्तालाई गुणस्तरलाई मुख्य प्राथमिकता दिनुहोस् भन्न चाहान्छु ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ