काठमाडौं । चर्चित कलाकार राहुल शाह र गरिमा शर्माको मुख्य अभिनय रहेको नयाँ म्युजिक भिडियो ‘लाखौ लाख पटक’ सार्वजनिक गरिएको छ। प्रेमभावना र समसामयिक कथावस्तुमा आधारित यस गीतले सार्वजनिक भएसँगै दर्शक–स्रोताको ध्यान तानेको छ।
गीतमा लोकप्रिय गायक रामचन्द्र काफ्लेको स्वर रहेको छ भने शब्द तथा एरेञ्ज पुष्कर पन्तले तयार पारेका हुन्। संगीत पनि काफ्लेकै रहेको यो गीतको मिक्सिङ तथा मास्टरिङ पवन रानाभाटले गरेका छन्। बाँसुरीमा रत्न बाइक र गिटारमा पुरस्कार खड्काको सुमधुर साथ सुन्न सकिन्छ। गीतको रेकर्डिङ फाइन ट्युन रेकर्डिङ स्टुडियोमा गरिएको हो।
भिडियोतर्फ राहुल शाह, गरिमा शर्मा र कृशल श्रेष्ठको अभिनय देख्न सकिन्छ। उनीहरूलाई सहायक कलाकारका रूपमा अनमोल बिष्ट र स्लेशा बिष्टले साथ दिएका छन्। भिडियोको छायांकन, सम्पादन तथा कलर पवन सुस्लिङले गरेका हुन्।
राहुल शाहकै निर्देशन, कोरियोग्राफी तथा कथामा तयार भएको भिडियोले प्रेम, भावना र सम्बन्धको उतारचढावलाई कलात्मक ढंगले प्रस्तुत गरेको छ। मेकअप आर्टिस्ट सरिता प्रजापति, सहायक निर्देशक सम्राट सुनुवार, प्रोडक्सन म्यानेजर शम्भु श्रेष्ठ रहेका छन् भने पोस्टर आर्ट सन्तोष डिजाइनले तयार पारेका हुन्।
गीतका निर्माता रामचन्द्र काफ्ले र पुष्कर पन्त हुन्। सार्वजनिक भएसँगै ‘लाखौ लाख पटक’ म्युजिक भिडियोले राम्रो चर्चा बटुल्ने अपेक्षा गरिएको छ।
https://youtu.be/atJxiDGDkaE?si=4rjVgW1tPiGE2ztR
प्रतिक्रिया दिनुहोस