२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

उद्योग विभागका महानिर्देशक र संगठनका पदाधिकारीबीच छलफल

शुक्रवार , फाल्गुण १, २०८२

विराटनगर । उद्योग विभागका महानिर्देशक जितेन्द्र बस्नेत लगायतका प्रतिनिधिहरु र संगठनका पदाधिकारीहरुबीच उद्योग व्यवसाय क्षेत्रका विविध विषयहरुका बारेमा आज संगठनको सचिवालयमा छलफल भएको छ ।

छलफलमा संगठनका अध्यक्ष नन्दकिशोर राठीले उद्योग व्यवसाय क्षेत्र वर्तमान समयमा असहज अवस्थाबाट गुज्रिरहेको बताउँदै बाधा र अड्चनलाइ फुकाउन विभागलाई आफ्नो तर्फबाट भुमिका निर्वाह गर्न आग्रह गरे । उनले युवाहरुलाई स्वदेशमा बस्ने वातावरण वनाउन स्टार्टअपहरुको विकास र विस्तारमा सरकारले सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे ।

विभागका महानिर्देशक जितेन्द्र बस्नेतले सरकारले पर्यटन, एग्रो प्रोसेसिङ, जलविद्युत्, उत्पादनमूलक उद्योग, सूचना प्रविधि जस्ता क्षेत्रलाई केन्द्रित गरेको बताए । उनले स्टार्टअपहरुलाई सहज रुपले व्यवसायीक विकास गर्न सहयोग पुर्याउन आगामी दिनमा विजनेश इन्क्यूवेशन सर्भिस प्रारम्भ गर्ने योजना रहेको बताए ।

संगठनका उपाध्यक्ष विपिन कावराले वैंक तथा वित्तिय संस्थामा लगानीका लागि यथेष्ट रकम भएतापनि उद्योगमा लगानी नभइरहेकाले अवका दिनमा लगानी गर्न ईच्छुक व्यावसायीलाई कुनैपनि क्षेत्रमा सीमित नगरी लगानीका लागि सहज बनाउनु पर्ने धारणा राखे ।

संगठनका कार्यसमिति सदस्य एवं स्टार्टअप तथा विजनेश इन्कुबेशन समितिका संयोजक प्रतिक राउतले युवाहरुलाई उद्यमशिलता तर्फ अभिप्रेरित गर्न औद्यागिक विकासको पूर्ण ईको सिस्टम तयार गर्न सरकारले निजी क्षेत्रसंग सहकार्य गरेर अघि बढ्नु पर्ने धारणा राखे ।

कार्यक्रममा विभागका निर्देशक बिष्णुमाया भट्टराई लगायतका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ