२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

बालाजु प्रहरी परिसर भवन निर्माणमा सन नेपाल लाइफ इन्स्योरेन्सको सहयोग

बिहिवार , फाल्गुण ७, २०८२

काठमाडौं । सामुदायिक उत्तरदायित्वलाई व्यवहारमा उतार्दै सन नेपाल लाइफ इन्स्योरेन्सले बालाजु प्रहरी परिसरको भवन निर्माण कार्यमा आवश्यक निर्माण सामग्री सहयोग गरेको छ। एक औपचारिक हस्तान्तरण कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल, प्रमुख बजार अधिकृत गणेश चौलागाई र प्रमुख जोखिम अधिकृत रोशन ज्ञवाली र आन्तरिक नियन्त्रण प्रमुख रोशन पौडेलको उपस्थितिमा रू १० लाख बराबरको निर्माण सामग्री बालाजु प्रहरी कार्यालयलाई प्रदान गरिएको थियो ।

कार्यक्रममा बालाजु प्रहरी इकाई पुनर्निर्माण समितिको तर्फ़बाट अध्यक्ष शिव भक्त रंजित, कोषाध्यक्ष बेद प्रसाद पौडेल र प्रहरी नायब उपरीक्षक यल लाल बन्जाडेको उपस्थिती रहेको थियो।

प्रहरी परिसर जस्तो सार्वजनिक सुरक्षासँग प्रत्यक्ष सरोकार राख्ने संस्थाको भौतिक पूर्वाधार सुदृढ हुनु आवश्यक रहेको भन्दै कम्पनीले यो सहयोग गरेको जनाएको छ। कम्पनीका प्रतिनिधिले सामाजिक सुरक्षाको आधार वित्तीय सुरक्षासँगै संस्थागत सुदृढीकरण पनि भएको उल्लेख गरे।

बालाजु प्रहरी कार्यालयका प्रमुखले बीमा क्षेत्रको यस्तो सहयोगले सेवा प्रवाह थप प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे। उनले समुदाय र निजी क्षेत्रबीचको सहकार्यले दीर्घकालीन सकारात्मक प्रभाव पार्ने बताए।

सन नेपाल लाइफले बीमा व्यवसायसँगै सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। स्वास्थ्य, शिक्षा र सामुदायिक पूर्वाधार जस्ता क्षेत्रमा कम्पनीको सक्रिय सहभागिता देखिँदै आएको छ।

हाल सन नेपाल लाइफ इन्स्योरेन्सको देश भर १४८ शाखा तथा उप शाखा संचालनमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ