logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • यसकारण एनआरएनए जापानकाे महासचिवमा टिकाराम खरेलकाे उम्मेदवारी 

    यसकारण एनआरएनए जापानकाे महासचिवमा टिकाराम खरेलकाे उम्मेदवारी 

    4.8K
    Shares

    काठमाडाैं । एनआरएनए जापानकाे महासचिव पदमा टिकाराम खरेलले उम्मेदवारी दिएका छन् । 

    हाल एनआरएनए राष्ट्रिय समन्वय परिषद् जापानको सचिव पदमा जिम्मेवारी समालिरहेको खरेलले आफ्नो जोस, जाँगर र काम गर्ने इच्छा शक्तिलाई पुनः सदुपयोग गरी यहाँहरुसँग हातेमालो गरेर अझै अगाडि बढ्ने दृढ चाहना अनुरुप महासचिव पदमा उम्मेद्वारी दिने निर्णयमा पुगेकाे बताए । 

    उनले आफ्ना केही प्रतिबद्धताहरु सार्वजनिक गरेका छन् । उनका प्रतिबद्धता यस प्रकार छन् :

    १- जापानमा रहेका गैरआवासीय नेपालीहरुको समस्या समाधान र भैपरी आउने आपतकालिन अवस्थाको लागि सहयोग गर्न एक आपतकालीन राहातकोषको निमार्ण गरि त्यसलाई चौबिसै घण्टा सक्रिय र निरन्तरताको लागि पहल गर्ने छु ।

    २- जापानमा हुने कानुन,नीति नियम लाई ख्याल गर्दै जन-चेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्ने छु । 

    ३- नेपाली-नेपाली बीचको एकता र सद्भावनालाई अझै बढि प्रगाढ बनाउन पहल गर्दै जापानमा रहेका संघ-संस्थासंग सुमधुर सम्वन्ध कायम राख्न सकृय रहने छु ।

    ४- अध्यनको क्रममा जापानमा रहेका नेपाली विद्यार्थीहरुका लागि उच्च शिक्षा अध्यन तथा रोजगारीको लागि सेमिनार लगायतका अन्य कार्यक्रमहरु गर्ने छु ।

    ५- विधार्थी केन्द्रित क्षमता अभिवृद्धिका कार्यक्रमहरु संञ्चालन गर्ने जस्तै वक्तित्वकला, चित्रकला, हाजिरीजवाफ आदी-आदी । 

    ६- विद्यार्थीहरुले अहिले प्राप्त गरिरहेको छात्रवृति लगायतका अन्य सुबिधाहरुलाइ अझै थप र ब्यबस्थित गर्नमा पहल गर्ने छु ।

    ७- जापानमा कार्यरत कुक तथा डिपेन्डेन्ट दाजुभाई तथा दिदीबहिनीहरुलाई लक्षित भाषा कक्षा संञ्चालन तथा विभिन्न तालिम र सेमिनारको व्यवस्था गरिने छ ।

    ८- बालवालिका हरुको लागि  केन्द्रित गरि नया कार्यक्रमहरु तर्जुमा गरिने छ ।

    ९- एनआरएनए जापानले गर्दै आइरहेको नेपाल फेष्टिबल लगायतका कार्यक्रमहरुलाई निरन्तरता दिइने छ ।

    १०- आर्थिक पार्दशिता र यसको परिचालनको लागि छुट्टै आर्थिक परिचालन समिती बनाईने छ र जसको प्रतेक महिनाअडिटिङ् गर्नुका साथै सम्पूर्ण विभिन्न जापान बासी नेपाली समुदायमा सार्वजनिक गरिने छ ।

    ११- समय सापेक्ष विधानमा परिमार्जन गरिने छ ।

    १२- अन्य भैपरी आउने र संस्थामा गर्नु पर्ने कार्यहरु तदारुकताका साथ गर्नेछु ।

    उनले कुरा भन्दा काममा विश्वास गर्ने प्रतिबद्धता जनाएका छन् । उनले संस्थाको विधि, विधान र जापानको कानुनमा टेकेर यहाँ रहेका हरेक नेपालीहरुले विश्वास र भरोसा गर्न सक्ने संस्था बनाउन प्रतिबद्धता पनि जनाएका छन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend