logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • मनकामना स्मार्ट लघुवित्तको आईपीओ बाँडफाँड, २ जनाले पाए ११ कित्ता

    मनकामना स्मार्ट लघुवित्तको आईपीओ बाँडफाँड, २ जनाले पाए ११ कित्ता

    5.8K
    Shares

    काठमाडाैं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले साेमबार शेयर बाँडफाँड गरेकाे हाे ।

    लघुवित्तको आईपीओमा कुल १९ लाख ५४ हजार २७४ आवेदकले २ करोड ५१ लाख ३३ हजार २९० कित्ताका लागि आवेदन दिएका थिए ।  जसमा ३६ हजार ३४९ जनाले लघुवित्तको शेयर प्राप्त गरेका छन् । २ जनाले ११ कित्ता शेयर प्राप्त गरेका छन् ।

    २ हजार ७५३ आवेदकको ३७ हजार ९२० कित्ताका लागि दिइएको आवेदन रद्द भएको छ । 

    लघुवित्तले असार १७ गतेदेखि प्रतिकित्ता १०० अंकित मूल्यका ३ लाख ८९ हजार कित्ता साधारण शेयर निष्काशन गरेकाे थियाे ।

    लघुवित्तले ६ हजार ५८ कित्ता अर्थात जारी पूँजीको ०.५ प्रतिशत शेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात १९ हजार ४५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ । बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता सर्वसाधारणलाई वितरण गरिएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend