logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • युनियन लाइफ इन्स्योरेन्सकाे आईपीओ बाँडफाँड, १५ लाख बढीकाे हात खाली 

    युनियन लाइफ इन्स्योरेन्सकाे आईपीओ बाँडफाँड, १५ लाख बढीकाे हात खाली 

    5.2K
    Shares

    काठमाडाैं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलले आईपीओको बाँडफाँड भएको जानकारी दिएको छ ।

    असार २४ गतेदेखि २८ गतेसम्म निष्काशन भएको प्राथमिक शेयरका लागि २१ लाख ८२ हजार ७७५ जनाले आवेदन दिएका थिए । जसमध्ये बाँडफाँडका लागि २१ लाख १२ हजार ७९९ जना मात्रै योग्य भएका छन् । कम्पनीको आइपीओमा आवेदन दिनेमध्ये ६९ हजार ९७६ जनाको आवेदन रद्द भएको छ ।

    योग्य २१ लाख १२ हजार ७९९ आवेदनमध्ये भाग्यशाली ५ लाख ५८ हजार ५ सयले १०/१० कित्ता शेयर प्राप्त गर्न सक्ने छन् । बाँकी १५ लाख २७ हजार ७९९ जनाको हात खालि भएको छ ।

    प्रभु क्यापिटलका अनुसार सीडीएस एण्ड क्लियरिङ लिमिटेडको वेबसाइट, मेरो शेयरको मोबाइल एप, यूनियन लाइफ इन्स्योरेन्सको वेबसाइट र बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइटबाट नतिजा हेर्न सकिन्छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend