logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • यसकारण एनआरएनए जापानकाे अध्यक्षमा गुरुङकाे उम्मेदवारी 

    यसकारण एनआरएनए जापानकाे अध्यक्षमा गुरुङकाे उम्मेदवारी 

    4.4K
    Shares

    जापान । गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानकाे अध्यक्षमा अनिता गुरुङले उम्मेदवारी दिएकी छन् । वर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष रहेकी गुरुङले ‘आजकाे नारी काँधमा जिम्मेवारी’ भन्ने नारासहित आगामी कार्यकालकाे लागि अध्यक्ष पदमा उम्मेदवारी दिएकी हुन् । 

    गुरुङले एनआरएनए जापानलाई लाेकप्रिय तथा उर्जाशील बनाउनका लागि सांगठनिक काम चुस्त राख्ने प्रतिबद्धता पनि जनाएकी छन् । उनले नेपाल जापान मैत्री सम्बन्ध थप सुदृढ बनाउनका लागि पहल गर्ने पनि बताएकी छन् । 

    आफूले जापान बसाइकाे सुरुवाती दिनहरुबाट नै संघमा प्रत्यक्ष एवम् अप्रत्यक्ष रुपमा क्रियाशील भएकाे र काम गरेकाे पनि बताएकी छन् । 

    गुरुङले जापानमा अध्ययनरत विद्यार्थी तथा राेजगारीका लागि जापान पुगेका नेपाली नागरिककाे लागि आवश्यक सहयाेग गर्ने प्रतिबद्धता पनि जनाएकी छन् । जापानमा कामदारले भाेग्नु पर्ने समस्या र पारिश्रमिक नपाउने समस्या समाधानका लागि जापानकाे स्थानीय सरकारसँग समन्वय गरी सहयाेग गर्ने प्रतिबद्धता पनि जानएकी छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend