२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सिद्धार्थ बैंकद्वारा ‘ग्लोबल मनी विक’ मा देशभर वित्तीय साक्षरता कार्यक्रम आयोजना

बुधवार , चैत्र ११, २०८२

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले ‘ग्लोबल मनी विक २०२६’ को अवसरमा देशभर वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यसहित विविध कार्यक्रम आयोजना गरेको छ ।

मार्च १६ देखि २२ सम्म मनाइएको साताव्यापी अभियानअन्तर्गत बैंकले सातै प्रदेशका विद्यालय र क्याम्पसमा ३८ स्थानमा विद्यार्थी लक्षित कार्यक्रम सञ्चालन गरेको जनाएको छ । ती कार्यक्रममार्फत २ हजार १ सय ७१ विद्यार्थी सहभागी भएका थिए ।

बैंकका अनुसार कार्यक्रममा आफ्ना सेवा, डिजिटल कारोबार तथा त्यससँग सम्बन्धित सावधानीका विषयमा जानकारी दिइएको थियो । विद्यार्थीहरूमा वित्तीय ज्ञान, सीप तथा व्यवहार सुधार गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ ।

यसैगरी, ४ सय ७८ विद्यार्थीलाई बैंकिङ प्रणालीबारे व्यावहारिक ज्ञान दिन विभिन्न शाखामा भ्रमण कार्यक्रम पनि आयोजना गरिएको थियो । समग्रमा ५१ वटा कार्यक्रममार्फत २ हजार ६ सय ४९ विद्यार्थीलाई वित्तीय शिक्षा प्रदान गरिएको बैंकले जनाएको छ ।

देशका सबै वर्ग, क्षेत्र र समुदायसम्म वित्तीय सेवाको पहुँच विस्तार गरी सर्वसाधारणलाई वित्तीय रूपमा सक्षम बनाउने उद्देश्यका साथ बैंकले उक्त कार्यक्रमहरू सञ्चालन गर्नुका साथै सप्ताहभरि दैनिक रूपमा सामाजिक सञ्जालमार्फत जानकारीमूलक सामग्रीहरु समेत प्रकाशन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ