२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

नेपाल बैंक र ताजा बेकरी उद्योग बीच सम्झौता, बैंकका ग्राहकलाई विशेष छुट सुविधा

बिहिवार , चैत्र १२, २०८२

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र ताजा बेकरी उद्योग बीच सम्झौता भएको छ ।

नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई काठमाडौंको चावहिल, मुलपानी, पुतलीसडक, गल्कोपाखा, क्षेत्रपाटी, लगनटोल र सितापाइलामा अवस्थित ताजा बेकरी उद्योगद्वारा उत्पादित बिभिन्न बेकरी वस्तुहरुका खरिद गर्दा लाग्ने शुल्कमा नेपाल बैंकको मोबाईल बैंकिङ एपबाट रकम भूक्तानी गर्दा न्यूनतम रु. ५०० को खरिदमा बिल रकममा १० देखि १५ प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ ।

उक्त सम्झौता पत्रमा मिति २०८२ साल चैत्र ११ गते बैकको तर्फबाट बजारीकण तथा अनुसन्धान डिभिजन प्रमुख निर्मल सुवेदी र ताजा बेकरी उद्योगको तर्फबाट प्रबन्ध निर्देशक राम कुमार श्रेष्ठले हस्ताक्षर गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ