उदयपुर । उदयपुर जिल्लाका विभिन्न भागमा यतिबेला चैते धान रोप्ने चटारो बढेको छ । जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरका अनुसार हालसम्म जिल्लाका विभिन्न क्षेत्रमा गरी कुल १ हजार १०० हेक्टर क्षेत्रफलमा चैते धान रोपिसकिएको छ ।
हरेक वर्ष औसत १ हजार ५०० हेक्टर क्षेत्रफलमा चैते धान खेती हुँदै आएको उदयपुरमा यस वर्ष पनि सोही लक्ष्य भेट्ने गरी काम भइरहेको छ । बाँकी रहेको ४ सय हेक्टर क्षेत्रफलमा पनि यसै महिनाभित्र रोपाइँ सम्पन्न हुने कृषि ज्ञान केन्द्रकी सूचना अधिकारी सङ्गीता ज्ञावलीले जानकारी दिइन् । अहिले जिल्लाका अधिकांश खेतमा किसानहरू धमाधम रोपाइँमा व्यस्त छन्, बाँकी क्षेत्रमा पनि यसै महिनाभित्र काम पूरा हुने देखिएको छ, ज्ञावलीले भनिन् ।
जिल्लाका आठवटा स्थानीय तहमध्ये चैते धान खेतीका लागि उदयपुरगढी र रौतामाई गाउँपालिका सबैभन्दा अग्रस्थानमा देखिएका छन् । यी क्षेत्रमा सिँचाइको उपलब्धता र अनुकूल मौसमका कारण किसानहरू चैते धानतर्फ आकर्षित भएका हुन् ।
त्यसैगरी, पहाडी क्षेत्रको ताप्ली गाउँपालिकादेखि बेसीका कटारी, त्रियुगा र चौदण्डीगढी नगरपालिकामा पनि चैते धान रोपाइँ भइरहेको छ । आकाशे पानीको भर पर्नु नपर्ने र हिउँदे सिँचाइ सुविधा पुगेका क्षेत्रमा किसानहरूले दुई बाली धान उत्पादन गरेर आम्दानी वृद्धि गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस