२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

हिलोरा हिल्स रिसोर्टले साधारण शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

बिहिवार , चैत्र १९, २०८२

काठमाडौं । हिलोरा हिल्स रिसोर्ट लिमिटेडले सर्वसाधारणका लागि जारी गरिने रु.१०० अंकित दरका ४०,००,००० कित्ताले हुन आउने रु.४०,००,००,००० रकम बराबरको साधारण शेयर निष्काशन गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेकोे छ ।

उक्त शेयर निष्काशनका लागि हिलोरा हिल्स रिसोर्ट लिमिटेडको तर्फवाट संचालक दिप विक्रम विष्ट तथा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठका बीच द्विपक्षिय सम्झौता पत्रमा हस्ताक्षर गरी निकट भविष्यमा उक्त साधारण शेयर निष्काशन गरिने सम्झौता गरिएको हो ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहेको, काठमाडौं उपत्यकाको मनोरम दृश्य देखिने र पहाडहरुको बीचमा अलौकिक तरिकाबाट निर्माण भएको भक्तपुरमा स्थित हिलोरा हिल्स रिसोर्ट हो । सो हिलोरा हिल्स रिसोर्ट लिमिटेडमा १०० वटा भन्दा बढी राम्ररी सजिएका कोठाहरू र सो कोठाहरुबाट फरक समयमा फरक प्राकृतिक दृश्य देखिने गरी निर्माण गरिएको, स्काई भ्यू रेस्टुरेन्ट, ईन्डोर स्विमिंग पूल र पिकनिक स्पट रहेका छन् ।

रिसोर्टले १५०० देखि २००० व्यक्तिहरुका लागि भोज, सम्मेलन लगायतका कार्यक्रम संचालनका लागि समेत यो रिसोर्ट उपयुक्त रहेको छ ।

.

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ