२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

चितवनको माडी ‘म्युजिक भिडियो छायाङ्कन’ को हब बन्दै, ‘म बाहुनको छोरो’बाट अभियान सुरु

सोमवार , चैत्र २३, २०८२

चितवन । चितवनको माडीलाई ‘मिनी फिल्म सिटी’का रूपमा विकास गर्ने उद्देश्यसहित छायाङ्कन अभियान सुरु गरिएको छ । यस अभियानअन्तर्गत ‘म बाहुनको छोरो’ बोलको म्युजिक भिडियोको छायाङ्कन माडीका विभिन्न रमणीय स्थानहरूमा भइरहेको छ ।

निर्देशक प्रहिल कार्की र पत्रकार राजेन्द्र आचार्यको पहलमा सुरु गरिएको उक्त अभियानले माडीको प्राकृतिक सौन्दर्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ । उनीहरूले माडीलाई भविष्यमा फिल्म तथा म्युजिक भिडियो छायाङ्कनका लागि आकर्षक गन्तव्य बनाउने दीर्घकालीन योजना अघि सारेका छन् ।

अभियानमा स्थानीय तह, कलाकार तथा प्राविधिकहरूको सक्रिय सहभागिता रहेको छ। सरोकारवालाहरूका अनुसार यस पहलले पर्यटन प्रवर्द्धन, स्थानीय रोजगारी सिर्जना तथा क्षेत्रीय आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

माडीका वनजंगल, नदी–नाला, खुला भूभाग र सांस्कृतिक विविधताले भरिएको परिवेशले छायाङ्कनका लागि उपयुक्त वातावरण प्रदान गर्ने विश्वास गरिएको छ ।

माडी नगरपालिका–८, फुलबारी टोलकी अध्यक्ष सुजिता पाण्डेको प्रमुख आतिथ्यतामा ‘म बाहुनको छोरो’ बोलको गीतको छायांकन सुरु गरिएको हो ।

क्षितिज सापकोटाको आफ्नै शब्द तथा संगीतमा तयार गरिएको उक्त गीतमा सापकोटा स्वयं, नायिका कविता न्यौपाने र पत्रकार राजेन्द्र आचार्यले अभिनय गरेका छन् ।

स्थानीय तह तथा सर्जकहरूको सहकार्यमा माडीलाई भविष्यमा चलचित्र छायांकनको प्रमुख गन्तव्य बनाउने लक्ष्य लिइएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ