२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

एशोसिएट खुल्ला सदस्यमा बलराम सापकोटाको उम्मेदवारी, भनेः व्यवसायीको आवाज सशक्त बनाउँछु

सोमवार , चैत्र २३, २०८२

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न ६०औं वार्षिक साधारण सभा तथा अधिवेशनका लागि व्यवसायी बलराम सापकोटाले एशोसिएट (खुल्ला) तर्फ कार्यकारिणी समिति सदस्य पदमा उम्मेदवारी दिएका छन् ।

सापकोटाले ज्योत्स्ना श्रेष्ठ उपाध्यक्षको उम्मेदवार रहेको समूहबाट एशोसिएटतर्फ सदस्य पदमा उम्मेदवारी दिएका हुन् । होटल, पर्यटन तथा सेवा क्षेत्रमा ठूलो लगानी गरेका सापकोटा पूर्वी नेपालको झापा जिल्लास्थित लक्जरी होटल ‘मेची क्राउन’का सञ्चालक हुन् ।

सापकोटाले व्यवसायीहरूले भोगिरहेका समस्याको समाधानका लागि महासंघलाई अझ प्रभावकारी बनाउँदै आफू सक्रिय रहने बताएका छन् । उनले व्यवसायीहरूको मनोबल उच्च बनाउने, लगानीमैत्री वातावरण निर्माण गर्ने तथा निजी क्षेत्रसँग सम्बन्धित नीतिगत अन्योलका विषयमा वर्तमान सरकारसँग सहकार्य गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

“निजी क्षेत्र अहिले विभिन्न दबाबमा छ। व्यवसाय सञ्चालनमा अनेक कठिनाइ छन् । यस्तो अवस्थामा महासंघ व्यवसायीहरूको स्पष्ट आवाज बन्नुपर्छ,” सापकोटाले भने, “म महासंघमा पुगेर व्यवसायीका वास्तविक मुद्दा—नीतिगत स्थायित्व, लगानी सुरक्षा र सहज व्यवसाय वातावरण—का लागि खरो रूपमा उत्रिनेछु ।”

उनले विशेषगरी साना तथा मझौला उद्यमीहरूको हित संरक्षण, उत्पादनमूलक क्षेत्रको प्रवर्द्धन तथा पर्यटन र सेवा क्षेत्रको पुनःउत्थानका लागि नीतिगत पहल आवश्यक रहेको बताए । साथै, प्रदेशस्तरका व्यवसायीका आवाज केन्द्रीय तहसम्म प्रभावकारी रूपमा पुर्‍याउने आफ्नो प्राथमिकता रहने उल्लेख गरे ।

ज्योत्स्ना श्रेष्ठ उपाध्यक्ष उम्मेदवार रहेको उक्त समूहमा सापकोटासँगै अविनाश बोहोरा, अम्बिका शर्मा लामिछाने, बटु लामिछाने, भरत रानाभाट, देशबन्धु बस्नेत, गोपाल खनाल, जमुना श्रेष्ठ, जयस श्रेष्ठ, रामराजा श्रेष्ठ, डा। रामशरण थपलिया, राजकुमार तिमिल्सिना, शोभा ज्ञवाली, सन्दीप अग्रवाल, शैलेन्द्र गुरागाईं, सुनीलनारायण श्रेष्ठ, सचिन ढकाल, ई. विनोद ढकाल र चन्द्र ढकाल गरी एशोसिएटतर्फ कुल १९ जनाले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ