२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

ज्योति विकास बैंकद्वारा सप्तरीका स्थानीयहरुलाई मोतिबिन्दुको नि:शुल्क शल्यक्रिया सेवा प्रदान

सोमवार , चैत्र २३, २०८२

काठमाडौं । ज्योति विकास बैंकले तिलगंगा आँखा प्रतिष्ठान (Tilganga Institute of Opthalmology) सँगको सहकार्यमा सप्तरी जिल्लाका ७० जना स्थानीयलाई नि:शुल्क मोतिबिन्दु शल्यक्रिया गरेको छ। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापना गरेको "हाम्रो विकास प्रवर्द्धन कोष" मार्फत उक्त नि:शुल्क आँखा जाँच तथा मोतिबिन्दु शल्यक्रिया शिविरमा सहयोग गरेको हो।

सप्तरी जिल्लाको रुपनगरस्थित तिलगंगा सर्जिकल आँखा केन्द्रको परिसरमा आयोजित उक्त स्वास्थ्य शिविरमा २००० भन्दा बढी व्यक्तिको नि:शुल्क आँखा जाँच भएको हो। सो कार्यक्रममा ४०७ जनाको मोतिबिन्दु शल्यक्रिया सम्पन्न भएकोमा ज्योति विकास बैंकको प्रत्यक्ष सहयोगमा ७० जना स्थानीयको नि:शुल्क शल्यक्रिया भएको छ।

साथै, ४०७ जना बिरामीहरुको शल्यक्रिया पश्चात आवश्यक पर्ने चस्मा र औषधिहरू पनि नि:शुल्क प्रदान गरिएको छ। यस पहलमार्फत दृष्टिविहीन हुन सक्ने जोखिममा रहेका समुदायका सदस्यहरूलाई सहज र गुणस्तरीय उपचार सेवा नि:शुल्क उपलब्ध गराउँदै उनीहरूको जीवनस्तर सुधारमा बैंकले योगदान दिएको छ। स्थानीयको दैनिकीमा सहजताका साथै आत्मनिर्भरतामा समेत टेवा पुर्‍याउने उद्देश्यका साथ बैंकले यस कार्यक्रममा सहकार्य गरेको हो।

ज्योति विकास बैंकले आफ्नो १७औ वार्षिकोत्सवको अवसरमा तिलगंगा आँखा प्रतिष्ठानसँग सहकार्य गरी नि: शुल्क मोतिबिन्दु शल्यक्रिया सेवा प्रदान गर्ने घोषणा गरेको थियो। उक्त सहकार्य सम्झौता अनुरुप मोतिबिन्दु शल्यक्रिया सम्पन्न गरिएको छ। ज्योति विकास बैंकले आगामी दिनहरूमा पनि यस्ता प्रभावमुखी सामाजिक पहलहरूलाई निरन्तरता दिँदै समाजको समग्र विकास र अभ्युदयमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ।

संस्थागत सुशासनलाई शिरोपर गर्दै, समाजप्रति उत्तरदायी यस विकास बैंकले नवीनतम चिन्तनका साथ समाजको अभ्युदय र दिगो परिवर्तनको संवाहक बन्दै समस्त नागरिकको जीवन जाज्वल्यमान बनाउने उद्देश्यलाई सदैव उच्च प्राथमिकतामा राख्ने कार्यलाई निरन्तरता प्रदान गर्ने र आगामी दिनहरू पनि परिवर्तनको ज्योति बन्ने अठोट प्रति प्रतिबद्ध रहेको छ।

आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ।

स्वस्थ्य र सुदृढ जनशक्ति नै राष्ट्र निर्माणको मेरुदण्ड हो भन्ने दृढ़ मान्यतालाई शिरोधार्य गर्दै, यस विकास बैंकले नवजात शिशुको अकाल मृत्यु रोकथाम र जीवन रक्षा गर्न चालेको स्पष्ट पहलकदमी तथा योगदानले ७० वटा न्यानो नानी मार्फत हरेक वर्ष २५९० भन्दा बढी नेपाली शिशुहरुको अमूल्य जीवन रक्षा गर्न सफल भएको छ।

यस्ता जीवन रक्षण गर्ने सर्वप्रधान क्षेत्रमा नेपालमा रहेका बैंक तथा वित्तीय संस्थाहरू मध्ये ज्योति विकास बैंकले अग्रस्थानमा रही काम गर्दै समाजमा एक सकारात्मक परिवर्तनको बीजारोपण गरेको छ। यस विकास बैंकले राष्ट्र प्रति आफ्नो दायित्व वहन गर्दै गएको आर्थिक वर्षमा रु. ४१ करोड करमा योगदान पुर्‍याएको छ।

ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल ११७ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ