२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक: ९ बैंकले घटाए, कृषि विकास बैंकले मात्रै बढायो

सोमवार , चैत्र ३०, २०८२

काठमाडौं । वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्, जसअनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर घटाएका छन् । बजारमा तरलता सहज हुँदै जाँदा बैंकहरू ब्याजदर घटाउनेतर्फ केन्द्रित देखिएका हुन् ।

वैशाखमा ९ वटा वाणिज्य बैंकले ब्याजदर घटाएका छन् । ब्याजदर घटाउने बैंकहरूमा सिद्धार्थ, एभरेष्ट, कुमारी, स्ट्यान्डर्ड चार्टर्ड, सिटिजन्स, हिमालयन, नबिल, एनआईसी एशिया र राष्ट्रिय वाणिज्य बैंक रहेका छन् । सिद्धार्थ र एनआईसी एशियाले व्यक्तिगत र संस्थागत मुद्दतीमा ०.२५ प्रतिशत विन्दुले ब्याज घटाएका छन् भने हिमालयन बैंकले व्यक्तिगततर्फ ०.५० प्रतिशत सम्म कटौती गरेको छ। नबिल बैंकले भने यसपटक संस्थागत निक्षेपको ब्याज मात्र घटाएको छ।

प्राइम कमर्शियल, नेपाल बैंक, ग्लोबल आईएमई, माछापुच्छ्रे, नेपाल एसबीआई, लक्ष्मी सनराइज, सानिमा, नेपाल इन्भेष्टमेन्ट मेगा, प्रभु र एनएमबि बैंकले भने चैत महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

सबै बैंकले ब्याजदर घटाउने वा स्थिर राख्ने निर्णय गरिरहँदा कृषि विकास बैंकले भने सामान्य वृद्धि गरेको छ। उक्त बैंकले साधारण बचतदेखि मुद्दती निक्षेपसम्म ०.०३ प्रतिशत विन्दुले ब्याजदर बढाएको छ।

बैंकहरूले ब्याजदर घटाएसँगै आगामी दिनमा आधार दरमा कमी आउने र कर्जाको ब्याजदर समेत सस्तो हुने अपेक्षा गरिएको छ । यसले लगानीकर्ता र व्यवसायीहरूलाई केही राहत मिल्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ