२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

टिचिङ अस्पतालमा पूर्वप्रधानमन्त्री ओलीको आज पित्तथैलीको शल्यक्रिया हुँदै

सोमवार , चैत्र ३०, २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीको शल्यक्रिया आज हुँदैछ । उपचारमा संलग्न चिकित्सकहरूले यसअघि नै शल्यक्रियाको मिति आजका लागि तय गरेका थिए । सोही पूर्वतयारीअनुसार उनलाई अपरेसन थिएटरमा लगिएको छ ।

डा. पलेस्वाँ जोशी लाखेको नेतृत्वमा रहेको चिकित्सक टोलीले उनको शल्यक्रिया गरी पित्तथैलीमा रहेको पत्थरी निकाल्नेछ। चिकित्सकका अनुसार ओलीको पित्तथैलीमा २२ एमएमको ढुंगा रहेको छ ।

यसअघि नयाँ सरकार गठन भएको भोलिपल्ट नै जेनजी आन्दोलन दमन गरेको आरोपमा ओली पक्राउ परेका थिए । पक्राउ परेदेखि नै उनलाई त्रिवि शिक्षण अस्पताल मा भर्ना गरिएको थियो ।

ओलीको गिरफ्तारीलगत्तै उनकी पत्नी राधिका शाक्य ले गैरकानुनी हिरासतमा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।

सर्वोच्च अदालत ले २३ चैत बेलुका ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक माथिको अनुसन्धान २६ चैतभित्र टुंग्याउन आदेश दिएको थियो ।

सर्वोच्चले तोकिएको समयभित्र अनुसन्धान नसकिए शर्तसहित रिहा गर्न आदेश दिएपछि प्रहरीले उनलाई अस्पतालबाट पत्नी राधिका शाक्यको जिम्मा लगाएको थियो । थुनामुक्त भए पनि शल्यक्रिया आवश्यक भएकाले उनी अस्पतालमै बस्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ