कृष्ण पौडेल/काठमाडौं ।
तिमी गएपछि पनि
माया रहि रह्यो ।
जब सबै कुरा समाप्त हुन्छ
किन सबै कुरा समाप्त हुँदैन ?
सबै कुरा सकिएपछि पनि
हृदय र दिमागमा
सबै कुरा उस्तै रहन्छन
हामी छुट्टिँदा
हामीले, हाम्रा प्रेमपत्रहरू च्यात्यौ
हाम्रा सबै तस्बिरहरू जलायौ
हामीले एकअर्कालाई दिएका सबै उपहारहरू फिर्ता गर्यौ
र वाचा गर्यौ कि
भविष्यको भूगोलमा
हामी सम्झनाहरूको इतिहासलाई कुनै ठाउँ दिनेछैनौ ।
तैपनि
तिमी गएपछि
बाँकी रहेको सबै
सायद
हाम्रो सबैथोक
हाम्रो प्रेम हो
जसलाई सबै युद्ध पछि पनि
हामीले मार्न सकेनौ ।
प्रतीक्षा गर्दै ।।
हामी साँझ अस्ताउन पर्खियौ
त्यसपछि नयाँ सूर्य उदाउन पर्खियौं
ऋतुहरू बदलिए
मानिसहरूको रंग बदलियो
तर हामी उस्तै रह्यौ
वर्षहरू बित्ने प्रतीक्षा गर्दै
दशकहरू बित्यो
शताब्दीहरू बित्यो
समय सकियो
र अझै पनि
हामी पर्खियौ
प्रतीक्षा गर्दै॥
नव बर्ष २०८३ को अषेश शुभ कामना ! 💐🙏
प्रतिक्रिया दिनुहोस