२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

एनआईसी एशिया बैंकद्वारा मनहरी, मकवानपुरस्थित आमा घर सेवा आश्रममा आरओ वाटर प्युरिफायर जडान

बुधवार , बैशाख २, २०८३

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मनहरी–८, मकवानपुरस्थित आमा घर सेवा आश्रममा रहेका व्यक्तिहरुलाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ आरओ वाटर प्युरिफायर जडान गरेको छ ।

परिवारबाट अपहेलित तथा सहयोगको आवश्यकता भएका व्यक्तिहरुलाई खानेबस्ने सुविधासहित आश्रय दिइरहेको उक्त संस्थाका लागि यस बैंकका सर्कल हेड– नारायणगढका रामकृष्ण काफ्लेले आमा घर सेवा आश्रमका संरक्षक विजय राज सिग्देललाई मिति २०८३ वैशाख २ गते एक कार्यक्रमका बीच आरओ वाटर प्युरिफायर हस्तान्तरण गरे ।

बैंकले उपलब्ध गराएको उक्त सहयोगले आश्रममा आश्रित व्यक्तिहरुलाई स्वच्छ खानेपानीको सुविधा हुनुको साथै उनीहरुको स्वास्थ्य तथा आश्रमको बसाई अझ सहजता हुने बैंकले विश्वास लिएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ