२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

मुक्तिनाथ विकास बैंकको सीईओमा तारा मानन्धर नियुक्तः जेठ १ गतेदेखि कार्यभार सम्हाल्ने

शुक्रवार , बैशाख ४, २०८३

काठमाडौं । मुक्तिनाथ विकास बैंकले अनुभवी बैंकर तारा मानन्धरलाई नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरेको छ। बैंकको वैशाख ३ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई चार वर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

हाल सीईओको जिम्मेवारी सम्हालिरहेका प्रद्युमन पोखरेलको कार्यकाल वैशाख मसान्तमा सकिँदैछ। त्यसपछि मानन्धरले जेठ १ गतेदेखि औपचारिक रूपमा पदभार ग्रहण गर्नेछन् ।

बैंकिङ क्षेत्रमा लामो अनुभव र सशक्त छवि बनाएका मानन्धरले आफ्नो करिअर साविकको नेपाल बंगलादेश बैंकबाट सुरु गरेका थिए । त्यसपछि उनले एनसीसी बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल, बिजनेस युनिभर्सल डेभलपमेन्ट बैंक, प्रभु बैंक, मुक्तिनाथ विकास बैंक र प्राइम कमर्शियल बैंकलगायत संस्थामा जिम्मेवारी सम्हालिसकेका छन् । उनीसँग बैंकिङ क्षेत्रमा २५ वर्षभन्दा बढी अनुभव छ।

मानन्धर यसअघि मुक्तिनाथ विकास बैंककै डेपुटी सीईओसमेत रहिसकेका छन् । त्यसैले बैंकको आन्तरिक संरचना, कार्यशैली र रणनीतिबारे उनी राम्रोसँग परिचित मानिन्छन् ।

केही समय उनी बैंकिङ क्षेत्रबाट बाहिरिएर सञ्चार क्षेत्रमा गएका थिए । २०८१ वैशाख ३ गतेदेखि उनी डिस मिडिया नेटवर्कको सीईओका रूपमा कार्यरत थिए । तर बैंकिङ क्षेत्रप्रतिको लगावका कारण उनी पुनः बैंकिङमै फर्किएका हुन् ।

बैंकले उनको अनुभव, नेतृत्व क्षमता र संस्थाबारेको गहिरो बुझाइलाई आधार मानेर सीईओमा नियुक्त गरेको जनाएको छ । बैंकिङ र मिडिया दुवै क्षेत्रमा काम गरिसकेका मानन्धरले डिजिटल बैंकिङ, ग्राहक सेवा र संस्थागत ब्रान्डिङमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ