२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

संयुक्त राष्ट्र संघद्वारा होर्मुज जलक्षेत्र पुनः खोल्ने इरानी घोषणाको स्वागत

शनिवार , बैशाख ५, २०८३

न्यूयोर्क, क्युएनए । संयुक्त राष्ट्र संघले होमुज जल क्षेत्र खोल्ने इरानी घोषणाको स्वागत गरेको जनाइएको छ । घोषण अनुसार संयुक्त राज्य अमेरिकासँग तथ भएको युद्धविराम अवधि भर सबै व्यावसायिक जहाजहरूका लागि हार्मुज जलक्षेत्र पूर्ण रूपमा खुल्ने छ ।

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले विज्ञप्ति जारी गर्दै होर्मुज खोल्ने घोषणा सही कदम भन्दै यसको स्वागत गरेका छन् ।

उनले संयुक्त राष्ट्र संघको अडान स्पष्ट रहेको बताउदै होर्मुजमा अन्तर्राष्ट्रिय जहाजको अधिकार र स्वतन्त्रता लगायतका सबै पक्षहरू पूर्ण रूपमा पुनस्र्थापित र सम्मान गर्नु पर्ने बताएका छन् । उनले यी युद्धविरामकोआशा व्यक्त गर्दे यो कदमले द्वन्द्वरथ पक्षहरू बीच विश्वास निर्माण गर्न र पाकिस्तानको मध्यस्थतामा स्थायी युद्धविरामको लागि जारी वार्तालाई बलियो बनाउन योगदान पुग्ने बताएका छन् ।

संयुक्त राष्ट्र संघका प्रवक्ता स्टेफेन डुजारिकले मध्य पूर्वमा हालको द्वन्द्व समाधान गर्न शान्तिपूर्ण बाटो खोज्ने कूटनीतिक प्रयासहरूलाई पूर्ण रूपमा समर्थन गर्ने महासचिवको प्रतिबद्धता पुष्टि गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस हघि नै व्यावसायिक ढुवानीको लागि हार्मुज पूर्ण रूपमा खोल्ने इरानीे घोषणाको स्वागत गरेको घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ