logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    कोरोनाले दुई वर्षदेखि रोकिएको परीक्षा सुरु

    कोरोनाले दुई वर्षदेखि रोकिएको परीक्षा सुरु

    3.5K
    Shares

    काठमाडौं । कोरोना महामारीका कारण दुई वर्षदेखि रोकिएको त्रिभुवन विश्वविद्यालयको परीक्षा आइतबारदेखि भौतिक रुपमा सुरु भएको छ ।

    त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आइतबारबाट स्नातक तह प्रथम वर्षको वार्षिक परीक्षा सुरु गरेको हो ।

    परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार आइतबारदेखि बीए, बीएड र बीएससीतर्फका चार वर्षे र तीन वर्षे रेगुलर तथा आंशिक परीक्षा सुरु गरिएको छ । सामेबारदेखि ब्यवस्थापन संकायको पनि परीक्षा सुरु हुनेछ ।

    त्रिविले कोरोना महाकारीका कारण अनलाइन प्रणालीबाट परीक्षा फारम भर्ने व्यवस्था मिलाएको थियो । तर, प्रवेशपत्र प्रिन्ट गर्ने बेला फोटो र पूरा विषय नआएको, केन्द्र परिवर्तन नभएको जस्ता समस्या परीक्षार्थीहरुले भोगेका छन् ।

    त्रिविले विद्यार्थीको नागरिकता वा परिचय खुल्ने परिचयपत्र हेरेर परीक्षा दिन सक्ने ब्यवस्था मिलाउन सम्बन्धित केन्द्राध्यक्षलाई जानकारी समेत गराएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend