२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

विश्व बजारमा कच्चा तेलको मूल्यमा ६ प्रतिशतको उछाल: होर्मुज संकटले इन्धन अभावको त्रास

सोमवार , बैशाख ७, २०८३

काठमाडौं । अमेरिका र इरानबीचको तनावका कारण स्ट्रेट अफ होर्मुज फेरि बन्द भएपछि सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ६ प्रतिशतभन्दा बढीले बढेको छ ।

ब्रेन्ट क्रुडको मूल्य ६.११ डलर बढेर प्रतिब्यारेल ९६.४९ डलर पुगेको छ भने वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लुटिआई) ६.५३ डलर बढेर ९०.३८ डलर पुगेको छ ।

दुवै देशले एकअर्कामाथि युद्धविराम तोडेको र जहाजमाथि आक्रमण गरेको आरोप लगाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल ट्रम्पले इरानी मालवाहक जहाज नियन्त्रणमा लिएको बताएका छन् भने इरानले नाकाबन्दी जारी रहेसम्म शान्ति वार्तामा नबस्ने जनाएको छ ।

विश्वको करिब २० प्रतिशत तेल आपूर्ति हुने स्ट्रेट अफ होर्मुज बन्द भएपछि विश्व बजारमा इन्धनको मूल्य अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ