२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

नेपालमा पहिलोपटक ‘अन्डर लाइट्स’ अन्तर्राष्ट्रिय क्रिकेटः यूएईविरुद्ध सिरिजको पहिलो खेल आज

सोमवार , बैशाख ७, २०८३

काठमाडौं । नेपाल र यूएईबीच ऐतिहासिक ‘अन्डर लाइट्स’ टी–२०आई सिरिजको पहिलो खेल आज हुँदैछ । खेल साँझ ५ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ, जहाँ नेपालमा पहिलोपटक रातिको समयमा अन्तर्राष्ट्रिय क्रिकेट खेलिन लागेको हो ।

सिरिजअघि नेपाली टोलीमा ठूलो परिवर्तन भएको छ । कप्तानसहित केही नियमित खेलाडी हटाइएका छन् भने नयाँ कप्तान दीपेन्द्रसिंह ऐरी रहेका छन् ।

यूएई टोलीमा पनि केही नयाँ खेलाडी समावेश गरिएको छ भने कप्तान मुहम्मद वासीम नै रहेका छन् ।

नेपाल र यूएईबीच हालसम्म ११ टी–२०आई खेल भएका छन्, जसमा नेपाल ६ र यूएई ५ खेलमा विजयी भएको छ । कीर्तिपुरमा भएको एकमात्र खेल यूएईले जितेको थियो ।

दुई वर्षपछि नेपालले घरेलु मैदानमा अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । राति हुने यो खेललाई ऐतिहासिक मानिएको छ ।

नेपालको टी–२०आई टोली : दीपेन्द्रसिंह ऐरी (कप्तान), कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुलशन झा, लोकेस बम, सन्दीप लामिछाने, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, साहब आलम, शेर मल्ल

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ