२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

चलचित्र पत्रकार सङ्घको अध्यक्षमा पुनः बलामी निर्वाचित

सोमवार , बैशाख ७, २०८३

काठमाडौँ । चलचित्र पत्रकारहरूको साझा संस्था चलचित्र पत्रकार सङ्घ नेपालको अध्यक्षमा पुनः समीर बलामी निर्वाचित भएका छन् । यहाँ सम्पन्न २७औँ वार्षिक साधारणसभा तथा १०औँ महाधिवेशनबाट उनी दोस्रो पटक अध्यक्षमा निर्वाचित भएका हुन् ।

सङ्घको सङ्गठन उपाध्यक्षमा रघुनाथ सापकोटा तथा कार्यक्रम उपाध्यक्षमा कुमार आचार्य, महिला उपाध्यक्षमा दीपज्योति थापा, महासचिवमा गोपिकृष्ण चापागाईं, खुल्लातर्फ सचिवमा मदन रिजाल, समावेशी सचिवमा मोहम्मद जालिम, कोषाध्यक्षमा मनिष अन्जान (दाहाल) तथा सह–कोषाध्यक्षमा अर्जुन गुरागाईं निर्वाचित भएका छन् ।

यसैगरी सङ्घको सदस्यमा युवर्ण पौडेल, रतनबहादुर चन्द, सोजना लोहार, सुशील नेपाल, दिनेश थापा, नविन चापागाईं, दीपराज क्षेत्री र सालिकराम न्यौपानेलाई चयन गरिएको सङ्घका महासचिव चापागाईंले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ