२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

केरा उत्पादक महासंघद्वारा बिचौलियाको हस्तक्षेप अन्त्य गर्न सरकारको ध्यानाकर्षण

मंगलवार , बैशाख ८, २०८३

काठमाडौं । नेपाल केरा उत्पादक महासंघले केराको बजारीकरणका क्रममा बिचौलियाको हस्तक्षेप अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

महासंघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै किसानले बारीबाट बेच्दा भन्दा बजारमा पाँच गुणासम्म महङ्गोमा केरा बिक्रिबितरण भइरहेको भन्दै बजारमा देखिएको बिचौलियाको अत्याधिक हस्तक्षेप अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।

किसानले बारीबाट स्थानीय जात(मालभोग) रु ७० देखि ८५ प्रति दर्जन र हाइव्रिड जातको रु ५० देखि ६० प्रतिदर्जनमा बिक्रि गरिरहेको महासंघले जनाएको छ । तर त्यहि केरा आम उपभोक्ताले ३५० देखि ४ सय रुपैयासम्ममा किन्नुपर्ने अवस्था बिचौलिका कारण नै आएको महासंघका अध्यक्ष विष्णुहरि पन्तले बताए ।

उनले राज्यले तत्काल बजारमा हस्तक्षेप गरि अनावश्यक रुपमा भएको मूल्यबृद्धि नियन्त्रण गर्नुपर्नेमा जोड दिए । त्यस्तै अध्यक्ष पन्तले केराको आयातमा नियन्त्रण गर्ने सरकारको कदम सराहनीय र प्रशंसनीय रहेकाले कुनै पनि बहानामा विदेशी केरा आयात खुलाउन नहुने धारणा राखे । उनले राज्यले सहि नीति र प्रभावकारी बजार व्यवस्थापन गर्न सके आगामी दुई बर्षभित्र केरामा पूर्ण आत्मनिर्भर बन्न सकिने बताए ।

उनले बार्षिक ९ लाख मेट्रिक टन केरा खपत हुने गरेकामा करिव ७ लाख मेट्रिक टन केरा उत्पादन भइरहेको जानकारी दिए । महासंघले बजार अनुगमन प्रभावकारी बनाउन, केराको न्यूनतम समर्थन मूल्य निर्धारण गर्न समेत माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ