logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    शिल्पा सेट्टी पनि समस्यामा, राज कुन्द्रालाई १४ दिन न्यायिक हिरासतमा राखिन‍े

    शिल्पा सेट्टी पनि समस्यामा, राज कुन्द्रालाई १४ दिन न्यायिक हिरासतमा राखिन‍े

    4.3K
    Shares

    काठमाडाैं । पोर्न फिल्म बनाएको मामलामा पक्राउ परेका भारतीय व्यापारी राज कुन्द्रालाई लिएर एक नयाँ खुलासा भएको छ । जुन खुलासाले उनकी अभिनेत्री पत्नी शिल्पा शेट्टी पनि समस्यामा पर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    प्रहरीले राज र शिल्पाको संयुक्त बैंक खाता फेला पारेको छ । यो खातामा लेनदेनको सम्बन्ध कुन तहसम्म थियो भन्ने अहिले अनुसन्धान भइरहेकाे छ । प्रहरीले यो खातामा पोर्न फिल्मको पनि पैसा जम्मा हुने गरेको दाबी गरेको छ ।

    क्राइम ब्राञ्चको जाँचले पञ्जाब नेशनल बैंक(पीएनबी)को यो संयुक्त खातामा करोडौं रुपैयाँ जम्मा गरेको फेला पारेको हाे ।

    प्रहरीले जुलाई २३ मा राजको कुन्द्रा अँधेरीस्थित विआन इन्डस्ट्रीको भवनमा फेला पारेको सेक्रेट लकरबाट पीएनबीमा राज र शिल्पाको संयुक्त खाताको दस्तावेज र कैयौं पोर्न फिल्मको स्क्रिप्ट फेला पारेको थियो । जसको आधारमा जाँच भइरहेकाे छ ।

    कुन्द्रालाई मुम्बईको मुम्बई उच्च अदालतले १४ दिन न्यायिक हिरासतमा पठाएको छ । मुम्बई प्रहरीले राजलाई पोर्नोग्राफी फिल्म बनाएको र एपमार्फत प्रचार गरेको आरोपमा गत जुलाई २२ मा पक्राउ गरेको थियो ।

    अदालतले राजसँगै रायन थार्पलाई पनि १४ दिन न्यायिक हिरासतमा राख्न आदेश दिएको छ । मुम्बई प्रहरीका अनुसार क्राइम ब्राञ्चमा फेब्रुअरी २०२१ मा राजविरुद्ध पोर्नोग्राफी फिल्म उत्पादन र बिक्रीवितरणको आरोपमा उजुरी परेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend