२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

मोरङमा आर्थिक बहस: सांसदहरूसँग उद्योगीको माग, 'अब नीतिगत सुधार होस्'

बुधवार , बैशाख १६, २०८३

मोरङ । निजी क्षेत्रका आवश्यकता, समस्या तथा सुझावहरू नजिकबाट बुझ्ने उद्देश्यका साथ प्रतिनिधि सभाका सांसदहरूको टोलीले मोरङ उद्योग व्यापार संघमा पुगेर छलफल गरेको छ । छलफलमा प्रतिनिधि सभाकी सांसद् तथा राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय कोषाध्यक्ष लिमा अधिकारी (आचार्य) सहित सांसदहरू लाल विक्रम थापा, यज्ञमणि न्यौपाने, सन्तोष राजवंशी र आशा झा लगायतको सहभागिता रहेको थियो ।

छलफलमा अध्यक्ष राठीले हालै सम्पन्न निर्वाचनपछि गठन भएको नयाँ सरकारप्रति शुभकामना व्यक्त गर्दै निजी क्षेत्रसँग सहकार्य गर्दै आर्थिक विकास, लगानी प्रवद्र्धन, रोजगारी सिर्जना र औद्योगिक वातावरण सुधारमा जोड दिन आग्रह गरेका थिए । उनले ७५ वर्ष पुरानो इतिहास बोकेको मोरङ उद्योग व्यापार संघ निजी क्षेत्रको नेतृत्वदायी संस्थाका रूपमा सधैं सरकारसँग सहकार्य गर्न तत्पर रहेको उल्लेख गरे ।

छलफलका क्रममा अध्यक्ष राठीले खुला सीमा क्षेत्रबाट हुने अवैध कारोबार नियन्त्रण गर्नुपर्ने, दैनिक उपभोग्य वस्तुहरूको भन्सार दर घटाउनुपर्ने, स्वदेशी उद्योग प्रवद्र्धन गर्नुपर्ने, बहुदर मूल्य अभिवृद्धि कर प्रणाली लागू गर्नुपर्ने तथा आर्थिक र फौजदारी कसुर छुट्याएर नीति बनाउनुपर्ने लगायतका सुझावहरू प्रस्तुत गरे ।

त्यस्तै, अन्तर्राष्ट्रिय व्यापारिक सम्झौता विस्तार, श्रमिकसँगै व्यापार सम्झौता कार्यान्वयन, विराटनगरमा औद्योगिक प्रदर्शनी स्थल निर्माण, पर्यटन तथा खेलकुद पूर्वाधार विकास र मोरङ–सुनसरी औद्योगिक कोरिडोरको विकल्पमा नयाँ औद्योगिक क्षेत्र विकास गर्नुपर्ने माग समेत राखिएको थियो ।

कार्यक्रममा संघका निवर्तमान अध्यक्ष नवीन रिजाल, पूर्व अध्यक्षहरू पवन कुमार सारडा र खेमचन्द जैन, वरिष्ठ उपाध्यक्ष अनिल कुमार साह लगायतले पनि पर्यटन प्रवद्र्धन, जलविद्युत उत्पादन वृद्धि, उद्योगका लागि जग्गा व्यवस्थापन र भ्रष्टाचारमुक्त प्रशासनको आवश्यकता औंल्याए ।

उक्त अवसरमा आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि अर्थ मन्त्रालयसमक्ष पेश गरिएका निजी क्षेत्रका सुझावहरू कार्यान्वयनका लागि सांसदहरूसँग पहल गर्न आग्रह गरिएको थियो ।

कार्यक्रममा संघका पदाधिकारी, विभिन्न वस्तुगत संघका प्रतिनिधि, उद्योगी–व्यवसायी, सञ्चारकर्मी तथा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश, जिल्ला र महानगरस्तरीय प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ