२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

इनासको एघारौं यूरोप क्षेत्रीय कार्यक्रम भव्य रूपमा सम्पन्न

बुधवार , बैशाख १६, २०८३

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को एघारौं युरोप क्षेत्रीय कार्यक्रम बेल्जियममा भव्य रूपमा सम्पन्न भएको छ।

यही अप्रिल २४ र २५ तारिखका दिन इनास युरोप क्षेत्रीय समिति र इनास बेल्जियम राष्ट्रिय समितिको संयुक्त आयोजनामा सम्पन्न दुई दिने कार्यक्रमको पहिलो दिन एघारौं युरोप क्षेत्रीय भेला सम्पन्न भएको थियो।

युरोप क्षेत्रीय समन्वय समितिका संयोजक सुनिल गुरुङ तथा युरोप क्षेत्रीय संयोजक श्याम श्रेष्ठको संयुक्त अध्यक्षता र इनास ग्लोबल अध्यक्ष अर्जुन काफ्लेको प्रमूख आतिथ्यतामा सम्पन्न भेलामा इनासका संस्थापक अध्यक्ष, संरक्षक, कार्यसमितिका पदाधिकारीहरू, सल्लाहकारहरू, युरोपका विभिन्न राष्ट्रिय समितिका अध्यक्ष तथा प्रतिनिधिहरू र बेल्जियमस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

भेलामा युरोपस्थित राष्ट्रिय समितिहरूले आ–आफ्नो कार्यसम्पादन विवरण तथा भावी कार्ययोजना प्रस्तुत गरेका थिए। कार्यसम्पादनका आधारमा हरेक वर्ष प्रदान गरिँदै आएको उत्कृष्ट राष्ट्रिय समितिको उपाधि यस वर्ष इनास राष्ट्रिय समिति डेनमार्कले प्राप्त गरेको छ।

कार्यक्रमको दोस्रो दिन युरोप महादेशस्तरीय गायन तथा नृत्य प्रतियोगिता सहित सांस्कृतिक कार्यक्रम सम्पन्न भएको थियो। आयोजक राष्ट्र इनास बेल्जियमका अध्यक्ष रचना कँडेलको अध्यक्षता तथा बेल्जियमका लागि नेपाली राजदूत महामहिम सेवा लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा इनास ग्लोबलका पदाधिकारीहरूको विशेष उपस्थिति रहेको थियो।

यस वर्ष इनास यूरोप महादेशीय नृत्य प्रतियोगिताको उपाधि फ्रान्सकी दिपा तमाङले जितेकी छन्। बेल्जियमकी प्रिन्सी खनाल, दृश्य शर्मा र त्रिस्ता कार्की ढोलीले क्रमशः प्रथम रनर अप, द्वीतीय रनर अप र तृतीय रनर अपको उपाधि हासिल गरे। त्यस्तै गायनतर्फको उपाधि भने फ्रान्सका कुमार रनपहेलीले हात पारेका छन् भने जर्मनीका आशिष नेपाली, पोल्याण्डका रंजिव नेपाली र अष्ट्रियाका सुजन तमाङले क्रमशः प्रथम रनर अप, द्वीतीय रनर अप र तृतीय रनर अपको उपाधि हासिल गरे।

शर्मिला बर्देवा, नारायण धिताल र खड्ग न्यौपाने, पार्वती अधिकारी, जगत खड्का र निरिप खत्री सम्मिलित निर्णायक मण्डलको निर्णयअनुसार नृत्यतर्फ तृतीय रनर अपको स्थान हासिल गरेकी जर्मनीकी त्रिस्ता कार्की ढोलीलाई स्व. सन्तकुमार थापा मगर स्मृति ट्रफीसहित विशेष पुरस्कारबाट सम्मानित गरियो।

दुवै विधाका विजेताहरूले एक वर्षका लागि इनास युरोपको अवैतनिक सांस्कृतिक सदभावना दूतको उपाधिसहित नगद पुरस्कार ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन्।

कार्यक्रममा कलाकार बिनोद चिपालुको लाखे नृत्य तथा इनासका पूर्वविजेताहरू डा. सुनिल हमाल, सरिता हुमागाईं, सरिना पौडेल, संस्कार बस्नेतलगायत नेदरल्यान्ड्स, डेन्मार्क, बेल्जियम लगायतका मुलुकहरुका कलाकारहरुले अतिथि कलाकारहरूको विशेष सांगीतिक प्रस्तुति समेत रहेको थियो।

इनासको १२औं यूरोप क्षेत्रीय कार्यक्रम आयोजना गर्न आगामी वर्ष संयुक्त अधिराज्य बेलायतलाई अनुमति प्रदान गरिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ