२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

एनआईसी एशिया बैंकद्वारा सरस्वती माध्यमिक विद्यालयमा खानेपानी ट्यांकी र पम्प प्रदान

बिहिवार , बैशाख १७, २०८३

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गोदावरी–५, कैलालीस्थित श्री सरस्वती माध्यमिक विद्यालयमा स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ फिल्टरसहितको खानेपानी ट्यांकी र पम्प उपलब्ध गराएको छ ।

विद्यार्थीहरुलाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ पानी फिल्टरसहितको ट्यांकी र पम्प प्रदान गरिएको हो ।

मिति २०८३ वैशाख १६ गते एक कार्यक्रमका बीच यस बैंकका सर्कल हेड–धनगढीका दिपक विष्टले उक्त विद्यालयका प्रधानाध्यापक योगेन्द्र राज ओझालाई उक्त खानेपानी ट्यांकी र पम्प हस्तान्तरण गरे ।

फिल्टरसहितको खानेपानी ट्यांकी र पम्पले स्वच्छ खानेपानी उपलब्ध हुनुका साथै यसले विद्यार्थीहरुको स्वास्थ्य र शैक्षिक वातावरणमा समेत सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ