काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी शृंखलाको तेस्रो खेलमा नेपालले यूएईविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ ।
त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जित्दै पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।
शृंखलाको पहिलो खेलमा नेपालले यूएईलाई पराजित गर्दै महत्वपूर्ण दुई अंक जोडेको थियो । तर दोस्रो खेलमा ओमानविरुद्ध कमजोर प्रदर्शन गर्दै नेपाल पराजित भएको थियो ।
यूएई भने पहिलो खेलमा नेपालसँग हारेपछि दोस्रो खेलमा ओमानलाई हराउँदै उच्च मनोबलका साथ मैदान उत्रिएको छ र नेपालविरुद्ध जितको खोजीमा रहनेछ ।
प्रतिक्रिया दिनुहोस